फरक कन्सेप्टमा ‘मिस तिज सारी क्विन’ फोटो कन्टेस्ट हुँदै, फारम २३ गतेसम्म खुल्ला

इनेप्लिज २०७६ साउन १९ गते १२:५९ मा प्रकाशित

ईटहरी/ हिन्दु नेपाली नारीहरुको महान पर्वको रुपमा रहेको तिज नजिकिदै छ । यसैलाई मध्यनजर गरेर विभिन्न कार्यक्रम, ब्युटी प्याजेन्ट तथा फोटो कन्टेस्टहरु यतिबेला धमाधम भैरहेको छ । यस्तैमा तिजलाई लक्षित गरेर एक फरक कन्सेप्टमा फोटो कन्टेस्ट हुने भएको छ । “मिस तिज सारी क्विन २०१९” नाम दिइएको सो कन्टेस्टको लागि फारम भर्नुपर्ने छ । शोको पूरा जानकारी तलको लिन्कमा दिइएको छ ।

परिकला मिडिया प्राली द्वारा संचालित डिथ्री अनलाइनको आयोजनामा भएको यो कन्टेस्टमा सहभागिले फारम भरेपछी फोटोसुट र सहभागी सबैको छुट्टाछुट्टै ३ देखि ४ मिनेट सम्मको बायोग्राफी भिडियो निर्माण गरिनेछ । जुन फोटोलाई डिथ्री फोटोग्राफी फेसबुक पेज र भिडियोलाई सोही पेज तथा डिथ्री टिभी युट्युब च्यानल बाट सार्बजनिक गरिनेछ । सार्बजनिक तस्वीरको लाईक शेयर र भिडियोको भ्युजको आधारमा बिजेता घोषणा गरिनेछ ।

भ्युज, शेयर र लाईकको आधारमा बिजेता हुने प्रथमले विभिन्न गिफ्ट सहित नगद ५ हजार, दोश्रो हुनेले नगद ४ हजार र तेस्रो हुनेले नगद ३ हजार प्राप्त गर्नेछ भने सहभागीहरुलाई अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्सीको तर्फबाट फुल स्कलर्सिप र अस्ट्रेलिया पढ्न जान चाहेमा १ लाख सम्मको सुबिधा प्राप्त गर्ने छ । यो कन्टेस्टमा सहभागी हुनको लागि जम्मा २ हजार मात्र शुल्क लाग्ने छ भने यो बाहेक अतिरिक्त शुल्क नलाग्ने आयोजकले जनाएको छ । शोमा सारी लगाएर सहभागीहरुले र्याम्प वाल्क पनि गर्नेछन् ।

तिजलाई लक्षित गरिएको भएर सारी लगाएर फोटोसुट गरिनेछ भने फाईनल एक साङितिक कार्यक्रम आयोजना गरि पुरस्कार बितरण गरिनेछ । यस्तै बिजेता संगै ‘बेस्ट फोटोजेनिक अवार्ड’ र ‘अर्गनाइज च्वाईस अवार्ड’ पनि सो फाईनल कार्यक्रममा बितरण गरिने भएको छ । सहभागीहरुको लागि फारम साउन २३ गतेसम्म खुल्ला गरिएको छ भने साउन २५ गते फोटोसुट र बायोग्राफी भिडियो निर्माण गरिनेछ । र २७ गते पेजमा फोटो सार्बजनिक गरिने र साउन ३१ गते बायोग्राफी भिडियो पेज तथा युट्युब च्यानलमा सार्बजनिक गरिनेछ ।

प्रतिक्रिया