अमेरिकामा बन्यो यस्तो तीज गीत

अर्जुन थापा २०७६ साउन १९ गते ११:०४ मा प्रकाशित

आउदै गरेको तीजलाई मध्यनजर गरेर अमेरिकामा बसोबास गर्ने नेपाली चेलीले नाचुनाचु लाग्ने तीज गीत बजारमा ल्याएका छन | गीत मंजु रसाइली र संगीता बमको सुमधुर स्वरले सजिएको छ भने शब्द संगीत अर्जुन थापाको छ त्यसै गरि संगीत सयोजन गायक संगीतकार सुमन के . सी . को रहेको छ |

गीतको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको छ | बिदेशमा बसेर पनि नेपाली गीत संगीतको उतिकै माया र जगेर्ना गर्ने नेपाली समुदायले गीत बजारमा ल्याएका हुन |

आफ्नो कला भाषा संस्कृति जहाँ रहे पनि उत्तिकै माया र सम्मानका साथ राखेको पाइन्छ | गीतले तीजमा छोरीचेली भेला भै गरिने रमाइलो तथा संस्कृत परम्पराको बारेमा बोलेको छ | अमेरिकामा छायांकन भएको यस गीतमा नृत्य गर्नेहरुमा अस्मिता रसाइली ,दिव्य राई ,सिम्रन सुब्बा, प्रशिया राई ,कोपिला राई रहेका छन | यस गीतको निर्देशन गीतकार अर्जुन थापाले गर्नु भएको छ | छायांकनका लागि स्थानीय आमा दिदि बहिनीले साथ दिनु भएको छ | छायांकनमा स्थानीय आमा दिदि बैनीको बाक्लो उपस्थिति रहेको थियो | गीतले लोकप्रियता कमाउदै छ पुरा गीत हेर्न तलको लिंकमामा जानु होला |

प्रतिक्रिया