एनआरएनए कतारको महासचिवमा पदमको उम्मेदवारी दर्ता

भोला थापा क्षत्री , २०७६ साउन १७ गते ११:३९ मा प्रकाशित

दोहा । कतारमा कार्यरत गैह्र आवसिय पदम गिरीले गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी आठौं महाधिवेशन मार्फत महासचिव पदमा उम्मेदवारी दर्ता गराएका छन ।

आज कतारमा एक कार्यक्रम विच गिरीले गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आसन्न महाधिवेशन २०१९–२०२१ कार्यकालका लागी महासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन ।

तनहुँ सेवा समाज कतारको वर्तमान महासचिव तथा दशनमिसमाज कतारका शाखाका बरिष्ठ उपाध्यक्ष समेत रहेका गिरीले कतारमा केही समययता कार्यरत रहेका सामाजिक कार्यमा सकृय रहदै आफ्नो सामाजिक संस्थाको अनुभवका आधारमा एनआरएन कतारको महासचिव पदमा रहि काम गर्न इच्छुक रहेको बताउदै उम्मेदवारी दर्ता गराएको बताएका छन ।

एनआरएन ए कतार संस्थालाई श्रमिक मैत्री बनाउनका लागी नेतृत्व विकाशलाई प्रभाकारी बनाउन आवश्यकता रहेको बताउदै भोली आफु विजयी भएमा कतारमा रहेका सयौ नेपाली संघसस्थाहरु सगँ हातेमालो गर्दै अगाडी बढ्ने बताए ।

विगत लामो समयदेखि कतारमा आफ्नो रोजगारी सगैे कतारमा स्थापित नेपाली समाजको तर्फवाट आफुले समाजिक कार्यहरुमा रचनात्मक सहभागि र समाजप्रति वर्कतले भ्याएसम्म समपर्ण रहेदै आइरहेको जनाउदै कतारमा कार्यरत विभिन्न प्रकारले समस्या भोगिरहेका नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुको अधिकतम हितका लागि नेपाली नियोगसंग परामर्स गर्दे उनीहरुको सुख दुखको साझेदारी भएर काम गर्ने बताए ।

प्रतिक्रिया