गैरआवासीय नेपाली संघ कतारको महिला उपाध्यक्षमा सरिताको उम्मेदवारी

भोला थापा क्षत्री २०७६ साउन १७ गते ११:१६ मा प्रकाशित

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) ,राष्ट्रीय समन्वय परिषद कतारको २०१९–०२१ कार्यकालका लागि महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेलले उम्मेद्वारी दर्ता गराएकी छन ।

भण्डारीले आज एक कार्यक्रम विच आफ्नो उम्मेद्वारी घोषणासँगै सुरक्षित श्रमिक र मर्या्दित वैदेशिक रोजगारी बनाउने साथै श्रमिक महिलाहरुको सिप तथा तालिम, महिला हिंसा न्युनिकरण, महिला सशक्तिकरणका लागि नेपाली राजदूतावास र सामाजिक संघ संस्थाहरुसँग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता समेत जाहेर गरेकी छन् ।

कतारमा समाजसेवामा सक्रिय तथा मितेरी समाज कतारकी वर्तमान सल्लाहकार समेत रहेकी भण्डारीले श्रमिकहरुको हितको लागि श्रमिक कोषलाई प्रभावकारी बनाउने आफ्नो उदेश्य रहेको र श्रमिक वर्गको हितको लागि स्वास्थ्य सम्बन्धी तालिम तथा गोस्टीको आयोजना गर्दै सचेतना जगाउने समेत बताएकी छन ।

यस्तो छ सरिता भण्डारीको घोषण ।

आवसिय नेपाली संघ कतारको महिला उपाध्यक्षमा मेरो उम्मेदवारी”

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका आदरणिय पंजिकृत सदस्य ज्यूहरु, यस अभियानका अग्रज अभियन्ता ज्यूहरु, कतारमा कार्यरत गैरआवासीय नेपाली दाजुभाई तथा दिदी बहिनिहरु, पत्रकार मित्रहरु, नमस्कार ।

NRNA NCC कतारको 2019-2021 कार्यकालमा आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्द्ता गर्दै महिला उपाध्यक्षमा रहेर सेवा गर्ने मौका दिनु हुन सम्पूर्ण NRNA NCC कतारको पंजिकृत सदस्य दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु । खुशीका साथ, सकरात्मक सोच का साथ बेबस्थापन एवं शुद्धिकरण प्रयास एवं प्रयत्न :

1. सुरक्षित श्रमिक र मर्यादित वैदेशिक रोजगारी.

2. श्रमिकहरुको हितको लागि श्रमिक कोषलाई प्रभावकारी.

3. साझा संस्थाको रुपमा स्थापित गर्नको लागि नेपाली समुदायको बिशेष भुमिका कायम गरि समन्वय र सहकार्य गर्ने.

4. श्रमिक मैत्री बनाउने.

5. कार्यरत राष्ट्र को प्रचलित कानुन को परिधि भित्र रही. नेपाली राजदुतावास को प्रत्यक्ष निग्रानीमा पीडित / मजदुर वर्ग को उद्वार तथा बेवस्थापन

6. नेपाल सरकार को Visit Nepal 2020 लाई प्रचार प्रसार

7. नेपाल र कतार बिच को मैत्रिपूर्ण कुट्नितिक सम्बन्ध / आयामहरु को प्रबर्धन

8. श्रमिक महिला दिदिबैनी हरुको शिप तथा तालिम / महिला हिंसा न्युनिकरण / महिला सशक्तिकरणका लागि नेपाली राजदुतावास र सामाजिक संघ संस्थाहरु संग समन्वय र सहकार्य

9. श्रमिक वर्ग हरुको हित को निम्ती स्वास्थ्य सम्बन्धी तालिम तथा गोस्टी एवम सचेतना मुलक कार्यक्रम को आयोजना गरी सल्लाह र सहजिकरण को भूमिका निर्वाह गर्ने

Thank you,

SARITA BHANDARI PAUDEL

2019 -21 कार्यकालको लागि महिला उपाध्यक्षको आकांक्षि

प्रतिक्रिया