गैरआवासीय नेपाली संघ कतारको अध्यक्षमा मुक्तदाको उम्मेदवारी घोषणा

इनेप्लिज २०७६ साउन १७ गते ७:५८ मा प्रकाशित

दोहा, कतार

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१९–२०२१ कार्यकालको लागि मुक्तदा मुसलमानले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।

कतारमा लामो समय देखि ब्यबसाय संगै सामाजिक सेवा सक्रिय रहेका मुसलमानले बिहीवार साझ एक कार्यक्रमका बीच आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

मुसलमान एन आर एन ए एनसीसी कतारको सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्ष सहित विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् ।

घोषणा कार्यक्रममा गैरआवासीय नेपाली संघका पुर्व उपाध्यक्ष एव मानार्थ सदस्य टिबि कार्की, गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कमलमणि गुरागाइ, एनआरएन ए आइसिसी सदस्य बिमल सुबेदी, एन आर एन ए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेल,नेपाली जनप्रगतिशिल मञ्चका गल्फ संयोजक शनीकुमार वली, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितीका सहमहामन्त्री केदार भुसाल,नेपाली समाज कतारको अध्यक्ष देव परियार , प्रवासी नेपाली मञ्चका पुर्व अध्यक्ष रामहरि गैह्रे , प्रवासी नेपाली मञ्चका पुर्व अध्यक्ष दिल किरण खजुम, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका संयोजक प्रोफेसर रमजान अलि मिया , नेपाली मुस्लिम समाज कतारका अध्यक्ष इन्जिनियर अहुब हक, नेपाल पत्रकार महासङ्ग कतार शाखाका अध्यक्ष करिम बक्स मिया, नेपाली महिला समाजका उपाध्यक्ष अमिना खान, प्रदेश नम्बर १ समन्वय परिषद कतारका अध्यक्ष चुडामणि कार्की, प्रदेश नम्बर ३ समन्वय परिषद कतारका महासचिव कविन्द्र कंडेल लगाएतले सुभकामना मन्तव्य राख्दै निरन्तर समाज सेवामा खटने मुक्तदा अध्यक्ष पदको सहि उम्मेदवार रहेको भन्दै बिजयी गराउन आग्रह गरे ।

सो कार्यक्रमको संचालन प्रभात त्रीपाठीले गरेका थिए ।

घोषणा सभामा गैरआवासीय नेपाली संघ कतारको २०१९-२०२१ कार्यकालको लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका मुसलमान प्रतिबद्धता यस्तो रहेको छ ।

प्रतिक्रिया