एनआरएन कतारको खुल्ल सदस्यमा पत्रकार क्षत्रीको उम्मेदवारी

इनेप्लिज २०७६ साउन १६ गते १२:१४ मा प्रकाशित

दोहा । पत्रकार ओम बहादुर क्षत्री (सन्तोष)ले गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको खुल्ला सदस्यमा आफ्नो उमेदवारी घोषणा गरेका छन ।

पर्वत जिल्लाको पहिलो एफ।एम रेडियो पर्वत, बागलुङको सयपत्री एफ।एम संगैं बागलुङकै धौलागिरि जागरण दैनिक पत्रिकामा गरि करिब १० वर्ष लामो पत्रकारिताको अनुभव बटुलेका क्षत्री पछिल्लो तीन वर्ष यता बैदेशिक रोजगारीको लागि कतारमा कार्यरत हछन । क्षत्रीसंग नेपालमा हुँदा पत्रकारिता संगै विभिन्न समाजिक संस्थाहरु काम गरेको अनुभव छ । उनले क्षत्री समाज बागकलुङको सचिव र धौलागिरिकै पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाको सञ्चालक भएर काम गरिसकेका छन् । सरल र सादा जीवन रुचाउँने क्षत्रीले २०७१ सालमा आफ्नो विवाह खर्च कटाएर ५० हजार राशिको सृजनशील पत्रकारिता कोष समेत स्थापना गरेका छन् ।

क्षत्रीले नेपाल संगै कतारमा रहेर सामाजिक काम गर्दा एक्लैले भन्दा संगठित भएर काम गर्दा परिणाम मुखी हुने महसूस गरेको भन्दैं श्रमजीवीहरुको पक्षमा सांगठनिक रुपमा आवाज बुलन्द गर्नको लागि आफुले उमेदवारी दिएको बताए । कतारमा रहदा क्षत्री पत्रकारिता संगै, खस क्षत्री सेवा समाज कतारको प्रवक्ता हुन् भने पर्वत समाज कतारको निवर्तमान कार्य समिति सदस्य र गण्डकी प्रदेश समन्वय परिषद कतारको कार्यपत्र तयारी समितिको सदस्य भएर काम गरेका छन् । युरोप, अमेरिका र अस्ट्रेलियामा भएका आम गैरआवासीय नेपाली भन्दा आफुहरुको अवस्था फरक रहेको भन्दैं तोकिएको काम र पारिश्रमिक नपाएका नेपालीहरुको लागि आफुले आवाज उठाउने बताए । क्षेत्रीले नेपालको अर्थतन्त्र आफुजस्तै युवाहरुले पठाएको रेमिटान्सले धानीरहेको भएपनि मध्यपुर्व र मलेसियामा रहेका आम नेपाली श्रमजिवी वर्गको पक्षमा सरकार गम्भीर बन्न नसकेकोले निरन्तर दबाब दिनुपर्ने बताए ।

आफुहरुकोे मुद्दा रेमिटान्स मात्रै नभएर बिदेशमा सिकेको सीप आर्जन गरेको ज्ञान पुजिलाई नेपालको उत्पादनशिल क्षेत्रमा लगानी गर्न पाउनुपर्ने र त्यो सुरक्षित हुनुपर्ने भन्दै राज्यले सुरक्षाको जिम्मा लिनुपर्ने उनको भनाई छ । आफ्नो इच्छा र रहरले मात्र एन आर एन ए मा सदस्य हुन सम्भव नभएको भन्दैं आज सम्म आफुले सामाजिक क्षेत्रमा गरेका काम र आफ्नो पृष्ठभुमिलाई हेरेर मत दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया