सुन्दरादेबी सन्देश म्युजिक अवार्डको टोली थाईल्याण्ड प्रस्थान

इनेप्लिज २०७६ साउन १६ गते १०:३९ मा प्रकाशित

सुन्दरादेवी सन्देश म्युजिक अवार्डको टोली थाईल्याण्ड प्रस्थान गरेको छ । थाइल्याण्डको पतायामा यही १६ देखि २०मा सम्पन्न हुन गइरहेको सुन्दरादेवी सन्देश म्युजिक अवार्डका लागि अवार्डको टोली थाईल्याण्ड प्रस्थान गरेको हो ।

‘आफ्नै शान, आफ्नै मान, श्रष्टा सर्जकलाई सम्मान, नेपाली सङ्गीतको बिकासमा हाम्रो बेग्लै अभियान’ भन्ने मूल नाराका साथ थाइल्याण्डको पताया शहरमा आयोजाना हुन लागेको पाँचौ सुन्दरादेवी सन्देश म्युजिक अवार्डको आयोजक समिति सहितको कलाकार आज थाईल्याण्ड प्रस्थान गरेको छ ।

०७२ सालदेखि मोफसलको जिल्ला नुवाकोटबात प्रकाशितहुँदै आएको सुन्दरादेबी सन्देश साप्ताहिकको आयोजनामाहुँदै आएको अवार्ड यो पटक बिदेशी भूमी थाईल्याण्डमा हुँन गइरहेको हो । यसअघि नेपालका बिभिन्न मोफसलको जिल्लामा हुँदै आएको अवार्ड यस पटक भब्य र शब्यरुपमा बिदेशी भूमिमा आयोजना हुँन लागेको आयोजकले जनाएको छ । यो अवार्डमा बरिष्ठ गायिका कुन्ती मोक्तान र बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिन लागेको आयोजक समितिका कार्यक्रम निर्देशक शान्तिप्रियले जानकारी गराए ।

चौथो सुन्दरादेवी सन्देश म्युजिक अवार्डदेखि यस अवार्ड समाबेसी बनाउँदै तामाङ सेलो, म्याहेंदोमाया, आधुनिक, पप र लोक दोहोरी क्षेत्रलाइ समेट्दै यो पटक झन्डै ४० विधामा अवार्ड प्रदान गरिने आयोजक समितिको अध्यक्ष किरणप्रसाद अधिकारीले बताए । कार्यक्रममा बिभिन्न बिधाको ७० जना कलाकारहरुको टोली थाइल्याण्ड पुग्ने कार्यक्रम संयोजक गीता अधिकारीले जानकारी गराइन । कार्यक्रममा सञ्चार क्षेत्रमा कृयाशिल दुई सञ्चारकर्मी र नेपाली गीत सङ्गीतमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । अवार्ड वितरण तथा सम्मान कार्यक्रम यही साउन १८ गते हुँदै छ ।

प्रतिक्रिया