एनआरएनए कतारको सचीवमा भट्टराईले उम्मेदवारी दिने

इनेप्लिज २०७६ साउन १५ गते १७:०९ मा प्रकाशित

दोहा ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ,राष्ट्रीय समन्वय परिषद कतारको चुनावी माहोल नजिकिदै गर्दा रुपन्देहीका डिल्लीराम भट्टराईले सचीव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

पर्वत जिल्लामा जन्मेर हाल रुपन्देहीमा बसोबास गर्दै बिगत १३ बर्स देखि कतारमा कार्यरत भटराई विभिन्न सामाजिक क्षेत्र आवद्ध रहदै सामाजिक कार्यबाट आफुले आर्जन गरेको अनुभको आधारमा सचीवमा उम्मेदवारी दिन लागेको बताए ।

कतारमा रहेर निरन्तर समाज सेवामा सक्रिय भट्टराई कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व गर्नुका साथै सन २०११ देखि एन आर एन ए कतारको पार्सद सदस्य रहदै २०१७ –२०१९ को कार्यकालमा संघ–संस्था समन्वय समितीको सह–संयोजकको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

सामाजिक ब्याक्तित्वका बिच सरल र अनुशासित सामाजिक कार्यकर्ताको रुपमा परिचित भट्टराई सन २००९ साल देखि पर्बत समाज कतारमा आबद्द हुदै आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिदै आएका उनी हाल सस्थाको मानार्थ सदस्य रहेका छन् ।

यस्तै सन २००९ मा स्थापना भएको समाज सेवा अभियान रुपन्देहिमा सन २०१० मा आबद्धभै हाल दोस्रो पटक पुन सर्वसम्मत अध्यक्षको कार्यभार समाली रहेका भट्टराईले प्रदेस नम्बर पाच समन्वय परिषद कतारको महासचिब पदमा रहि आफ्नो जिम्मेवारी पुरा गरिरहेका बताउछन ।

गत दिन एन आर एन ए कतारको २०१७–२०१९ कार्यकालको युवा संयोजकमा उम्मेदवारी दिइएको उनले सबै अग्रजको सल्लाहमा सहमतिको लागि उम्मेदवारी फिर्ता लिएका थिए भो हाल उनले आफुले उक्त पदको दावेदार रहेको र यस पटक आफु उम्मेदवार बन्दै गर्दा सम्पुर्ण को सहयोग मिल्ने आशा रहेको बताए ।

यस्तो छ भट्टराईको उम्मेदवारी घोषणा

हार्दिक अपिल 

“गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार” को सचिब पदमा मेरो उम्मेदवारी।

– आदरणीय गैरआवसिय नेपाली संघका सस्थापक एबम अग्रज अभियन्ताज्युहरु,
– पंजिकृत सदस्य महानुभावहरु,
– कतारमा स्थापित सम्पुर्ण संघसस्था का प्रमुख तथा पदाधिकारीज्युहरु,
– कतारबासि नेपालि दाजु भाई तथा दिदी बहिनिहरु, – पत्रकार मित्रहरु 

NRNA NCC कतारमा २०११ देखि एउटा पार्षद सदस्य को रुपमा रहि NCC कतारले दिएको आफ्नो जिम्मेवार पुर्ण रुपमा निर्बाह गर्दै आएको कुरा यहाँहरुलाइ अबगत नै छ । बिगत मा पनि NCC कतार को कर्यसमिति पद मा रहि थप जिम्मेबारि निर्बाह गर्ने सोच का साथ अगडि आउने क्रम मा आफु भन्दा अग्रज ब्यक्तित्वज्यु हरु को आग्रह तथा उहा हरु को भनाइलाई मनन गरि उहाँहरुबाटै सिफारिश भई आउनुभएका उम्मेदवार ब्याक्तित्वज्युलाई सहजिकरण गराएको कुरा यहा हरु सबैलाइ जनकारि गराउन चाहान्छु बिगत १२ बर्ष देखि दोहाका सामाजिक सस्था मा बसेर मैले काम गर्दै गर्दा सस्था मा मैले सिकेको र मैले महसुस गर्दै आएको श्रमीक हकहित को काम को लागि सबै को साझा सस्था मा रहेर कार्य गर्ने उद्देश्य अनुरुप आगामी अगस्ट २३ तारिखका दिन हुन लागिरहेको गैरआवासीय नेपालि संघ कतार को 2019-2021 कार्यकालको निर्वाचनका लागि सचिब पदमा मैले उम्मेदवारी दिने बिचार बनाएको यहाँहरु सबैलाई सहर्ष जानाकारी गराउन चाहन्छु । र उक्त भुमिकामा आउन र रहनकालागी यहाँहरुको साथ सहयोग र आबश्यक आधारकोलागि तपाईहरु सम्पुर्णलाई सहयोगकालागी हार्दिक अपिल गर्दछु।

धन्यवाद सहित
डिल्ली राम भट्टराई 
परिषद सदस्य एन सि सि 
Q0000079

प्रतिक्रिया