एनसिसि कतारले सार्वजनिक ग¥यो कार्यसमिती चयन प्रक्रिया

इनेप्लिज दोहा । २०७६ साउन १५ गते १२:३२ मा प्रकाशित

दोहा ।

गैरआवासीय नेपालि संघ ,राष्ट्रिय समन्वय परिसद कतारले आगामि कार्यकाल २०१९–२०२१ को लागि आठौ राष्ट्रिय महाधिवेशन कार्यसमिति चयन  प्रक्रिया सार्वजनिक गरेको छ ।

कार्यसमिति चयन प्रकृया सार्वजनिक गरे सगै विभिन्न पदका लागी उम्मेदवारी पनि आउन थालेका छन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आठौ राष्ट्रिय महाधिवेशन आगामी२३ अगस्ट २०१९ का दिन सम्पन हुन गईरहेको छ  भने एनसिसि कतारको कार्यसमिति चयन प्रक्रियालाई सम्पन्न गर्न गत ३ मई २०१९ मा सम्पन्न अन्तिम राष्ट्रिय परिषद भेलाले कार्यसमिति चयन समितिको जिम्मेवारी दिएको थियो साथै राष्ट्रिय समन्वय परिषद कतारले २०१९—२०२१ कार्यकालको लागि पञ्जिकृत सदस्यको आव्हान गरि अन्तिम नामावली समेत प्रकाशित गरेको हो ।

एनआरएनए एनसीसी कतारले आफ्नो आठौं महाधिवेशनलाई सफल पार्नका लागि सम्पुर्ण पञ्जिकृत सदस्यहरुलाई हार्दिक आव्हान गर्दै एनआरएनए एनसीसी कतारकोे २०१९–२०२१ कार्यकालको लागि कार्यसमिति चयन कार्यतालिका सार्वजनिक गरेको हो ।

एनआरएनए एनसीसी कतारकोे २०१९–२०२१ कार्यकालको लागि कार्यसमिति चयन कार्यतालिका

 

 

 

प्रतिक्रिया