नेकपा का युवा नेता पुण्य गौतम र पत्रकार दिल निसानी मगर बिच अन्तरवार्ता मै हात हालाहाल को स्थिती भए पछि प्रस्तोतालाई नै हम्मे हम्मे परेको थियो । पत्रकार दिल निसानी ले पुण्य गौतमलाई केपी को तलुवा चाट्ने , अन्धभक्त को आरोप लगाए पछि आक्रोसित बनेका गौतमले कडा प्रतिबाद गरेका छन । केपी सरकारले धेरै रचनात्मक काम गरेको भन्दै दाबी गरेका गौतमलाई निसानीले बिहान उठेदेखी सुत्नु अगाडी सम्म केपी ले चुट्किला सुनाउनु भन्दा बाहेक कुनै काम नगरेको आरोप लगाउदै आलोचना गरेका छन ।
मुलुकमा कुलमान घिसिङलाई देखाएर केपी सरकारका आसेपासेहरु कम्बल ओडेर घिउ खाइरहेको आरोप लगाउदै आक्रोसित बनेका निसानी ले आदिबासी जनजाती माथी यो सरकार गम्भीर षड्यन्त्र गरिरहेको आरोप लगाए भने गौतम ले निसानीलाई अन्धजाती बादी तरिकाले मानव भन्दा जाति पहिलो भनेजसरी प्रस्तुत नहुन सुझाब दिदै ओलि सरकार जनताको सरकार भएको ले जनताले एकजुट भएर सरकारलाई सगाउनु को बिकल्प नभएको समेत उल्लेख गरेका छन ।
प्रतिक्रिया