लम्जुङ्गे बिनोद एनआरएनए कतारको कोषाध्यक्षमा भिड्दै

भोला थापा क्षेत्री २०७६ साउन १५ गते ६:०४ मा प्रकाशित

 कतार ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ,राष्ट्रीय समन्वय परिषद कतारको चुनावी माहोल नजिकिदै गर्दा लम्जुङ्गका विनोद प्रसाद बसौलाले कोषाध्यक्षमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन ।

लम्जुङ्ग स्थाई घर भई गत २०१४ देखी कतारमा कार्यरत बसौला कतारमा रहेको लम्जुङ्ग सेवा समाजको कोषाध्यक्ष देखी उपाध्यक्ष पदमा रहेर काम गरिरहेका छन, साथै उनी गैर आवासिय नेपाली संघ ,राष्ट्रीय समन्वय परिषद कतारको २०१७–१९ संघको सचिवालय सदस्य तथा आर्थिक समिति सदस्य पनि हुन ।

बसौला बिदेशमा रहेर पनि देश तथा विदेशमा रहेका नेपालीहरुको हक हितकालागि केही गर्न सकिन्छ भन्ने मनस्थिति रहेको बताउदै कतारमा विभिन्न समाजिक कार्यहरुमा खट्ने गरेको र कतारमा रहेका सम्पुर्ण श्रमिकहरुको अभिभाकत्व निभाइरहेको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ,राष्ट्रीय समन्वय परिषद कतारमा फेरी पनि एक जिम्मेवारी पदमा रहेर नेपाली श्रमिकहरुको हकमा काम गर्ने चाहाना भएको र यो पटक एनआरएनए कतारमा युवा अनुहारमाआफूलाई पनि उभाउने निर्णय लिएको बताए ।

विगतका दिनमा नेपालमा रहदा पनि करिब एक दशक विभिन्न वित्तिय सँस्था हुँदै बैंकको उच्च पदमा रहेर कार्य गरेका विनोद हाल कतारको एक प्रतिष्ठीत कम्पनिको वित्तिय क्षेत्रमानै कार्यरत छ्न ।

आफ्नो शैक्षिक र पेशागत पृष्ठभूमिले पनि कोषाध्यक्ष पदको जिम्वेवारि सफलताका साथ निर्वाह गर्न सक्ने आत्म बिस्वाश समेत गरेका बसौलाले कतारका सम्पूर्ण पंजीकृत सदस्यहरुले आफुलाई सहयोग गर्नु हुनेछ भन्ने कुरामा ढुक्क रहेको ईनेप्लिजलाई बताए ।

एनआरएन ए कतारको आठौ महाधिवेशन आगामी अगष्ट २३ ताखिका दिन सम्पन हुन गहिरेको एनसिसि कतारले जनाएकोे छ ।

प्रतिक्रिया