गत आइतवार ANKA को समर पिकनिक कार्यक्रम सम्पन्न भएको छ | यसपालीको बनभोज कार्यक्रम केहि फरक र मौलिकताका साथ सम्पन्न भएको छ | अत्याधिक जनसहभागिताको साथ यसपाली ANAKA को नया कार्यसमितिले आयोजना गरेको बनभोज कार्यक्रम केहि फरक र नया नै रहेको थियो |बिशेषत नेपालमा झैँ बिहान देखि नै बनभोज स्थलमा पकाउने खाने खेल्ने कार्यक्रमहरु राखिएको थियो | सस्थाका कार्यसमितिका पधादिकारीहरु र अन्य जागरुक व्यक्तिहरु बिहान देखि स्थानीय ज्यकब्सन पार्कमा निकै व्यस्त देखिनुहुन्थ्यो | सस्थाले यसपाली भने केहि फरक र आफ्नै मौलिकपन बोकेको बनभोज कार्यक्रमको आयोजना गरेको थियो | उक्त कार्यक्रममा अमेरिकाकाको केन्टकी निवासी तथा यसका आसपासका नेपाली समुदायको बाक्लो उपस्थिति थियो | सबैले कार्यक्रमको पूर्ण मनोरंजन लिएको देखिन्थ्यो |
बर्षेनी हुने बनभोज कार्यक्रम भन्दा यसपाली अलि फरक यसकारण थियो कि सबै परिकार पकाउने काम बनभोज स्थलमै गरियको थियो | बालबालिकाको लागि विभिन्न खेलहरुको व्यवस्था वयस्कहरुका लागि विभिन्न मनोरंजन खेलहरु साथै भलिबल खेल , दोहोरी कार्यक्रम आम दिदि बैहिनीहरुका लागि तीज गीत र नाचगान को व्यवस्था सबैका लागि बिङ्गो खेलको व्यवस्था गरियको थियो | सबै नेपाली आमा बुवा दाजुभाई दिदि बहिनीको उपस्थितिले उक्त स्थानमा भिन्नै रौनकता छायाको देखिन्थ्यो |अधक्ष्य लक्ष्मी खड्काले सबैको साथ र सहयोगले गर्दा कार्यक्रम सफल भयको हुनाले परिकार बनाउन सहयोग गर्नु हुने तथा निम्तो स्विकारी उपस्थित हुनुहुने सबैलाई बिशेष धन्यवाद दिनु भयको थियो | बनभोज कार्यक्रमको भिडियो तलको लिंकमा छ हेरेर थप मनोरंजन लिनु होला |
प्रतिक्रिया