डेलावरमा नेपाली नयावर्ष २०७६ भब्य रुपमा सम्पन्न :

Photo credit: Rajmit Manandhar २०७६ साउन १३ गते २२:१३ मा प्रकाशित

अमेरिकाको डेलावयरमा गत सनिबार (अप्रिल १३) का दिन विभिन्न सास्कृतिक कार्यक्रम तथा बनभोजको साथमा नयाबर्ष २०७६ को स्वागत गरिएको छ ।
यहास्थित बालबालिकाका लागि नेपाली पाठशाला संचालन गर्ने अभिभाबकहरुको पहल तथा डेलावयर अनि आसपासका नेपालीहरुको साथ र सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

बालबालिकाहरु लाई नेपाली भाषाको ज्ञान दिनुका साथै नेपाली चाडपर्ब एबम सस्कृतिको पनि जानकारी दिने उदेश्यले कार्यक्रममा बालबालिका को अधिकतम सहभागिता गराईएको थियो । बिहान ११:३० बाट स्टेट पार्कमा सुरु भएको कार्यक्रममा करिब २०० जनाको सहभागिता थियो । लन्च लगत्तै सास्कृतिक कार्यक्रमको सुरुवात गरिएको थियो । बिजय गैह्रेले संचालन गर्नु भएको सास्कृतिक कार्यक्रममा बालबालिकाहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । करिब तिस भन्दा बढी बालबालिकाहरुले एकै स्वरमा सयौ थुंगा फूलका हामी राष्ट्रिय गान गाउदा निकै आकर्षक सुनिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य दिदै आयोजकका तर्फबाट शैलेन्द्र देवकोटाले नेपाली पाठशालाको स्थापना , यसको महत्व अनि संचालनका चुनौती हरुको बारेमा प्रकाश पार्नुभएको थियो । यसैगरि पाठशाला संचालनमा योगदान पुर्याउनु हुने स्वयमसेवक शिक्षिकाहरु अनिरा कंडेल , सपना देवकोटा , मुना सुबेदी, मञ्जु पाण्डेय, शोभा डंगोल र रमिता श्रेष्ठ र प्रमिला पौड्याल लाई स्थानीय समाजसेबी व्यक्तित्व रबि खनालले खादा ओढाएर सम्मान गर्नु भएको थियो । साथै वहाले पाठशाला संचालन पुण्य कार्य भन्दै $२०१ आर्थिक सहयोग पनि गर्नु भएको थियो ।

कार्यक्रममा सबै को आकर्षण को केन्द्र थिइन – स्यामी ढकाल । मात्रै ११ बर्षकि यी बालिका नाच्न , गाउन मात्र होइन सफल कोरियोग्राफर पनि हुन् । उनकै निर्देशनमा बालबालिका हरु ले नृत्य गरेका थिए । प्रिशु , रिदम, आशमा , एड्रिका, एन्जिला , आर्या , संकेत लगायतका बालबालिकाले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । यसै गरि दर्शना भट्ट र सेफाली श्रेष्ट ले जिम्नास्टिक प्रदर्शन गरे भने समानता जैसी, स्याम ढकाल ले पियानो बजाएर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । बिचमा बिचमा रमाइलो कुराहरु को साथ मा चुटकिला हरु पस्केर उद्घोषक गैह्रेले दर्शक लाई हसाउनु भएको थियो । गीत संगीत को ब्यवश्थापन सुबाश ढकालले गर्नु भएको थियो ।

सास्कृतिक कार्यक्रमको समापन संगै कार्यक्रमको दोश्रो भाग मा विभिन्न खेलकुदहरु को आयोजना गरिएको थियो । राजकुमार श्रेष्ठ को नेतृत्व तथा देब जैशी , सन्तोष गौतम लगाएत अभिभाबकहरुको सहभागितामा एग हन्ट, स्पून रेस लगायत रमाइला खेलहरु को आयोजना गरिएको थियो । सहभागी सम्पूर्ण बालबालिकालाई मेडल र उपहार प्रदान गरिएको थियो ।

एकातिर बालबालिकाहरु आफ्नो प्रस्तुति र खेलकुदबाट मनोरन्जन लिईरहेका थिए भने अर्को तिर युवा तथा अभिभाबकहरु बार्बिक्यु र भलिबलमा रमाईरहेका थिए । बालकृष्ण नेपाल, सुनिल श्रेष्ठ , दीपक भट्ट , हुमलाल भण्डारी लगाएत ले बार्बिक्यु सम्हाल्नु भएको थियो भने भलिबलमा रिजन पोखरेल ले समन्वय गर्नु भएको थियो । मौसमले राम्रो साथ दिएको दिनमा सबैजना प्रफुल्ल मुद्रामा देखिन्थे । कार्यक्रमको अन्त्यमा नया बर्ष बिशेष कार्यक्रम राखिएको थियो । राम खनाल र दिपक भट्टले संयोजन गर्नुभएको सो कार्यक्रममा पुष्प बर्षा अनि स्याम्पेन बाट नयाबर्ष लाई स्वागत गरिएको थियो । अनि नेपाली गीत संगीतमा सबै जना नाची रमाइलो संग कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया