भर्खरै मेलिना राइ र डेभिड शंकरको स्वरमा रहेको नयाँ गीत ‘सल्लेरीको बन’ सार्वजनिक भएको छ । गायीका मेलिना राइको आफिसियल युट्युब च्यानमार्फत् सार्वजनिक गरिएको गीतमा शब्द शीर्षक घिमीरेको र संगीत दीपक शर्माको रहेको छ । अस्मिता सापकोटाको प्रस्तुती रहेको उक्त गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् भने मिक्सिङ प्रिज्म स्टुडियोका श्याम श्वेत रसाइलिले गरेका छन् ।
भिडियोमा नायिका वर्षा राउत र नायक पुष्प खड्काको अभिनय रहेको छ। निकेश खड्काले निर्देशन गरेको भिडियोको कोरियोग्राफी सुवोल थापाले गरेक छन् भने छायांकन बुद्ध थापाको रहेको छ । उक्त भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया