व्यंग्य कविता :तीज जात्रा

अर्जुन राज पन्त २०७६ साउन १३ गते २१:०६ मा प्रकाशित

 

अर्जुन राज पन्त ,२०७६ श्रावण १

लुतो फाल्न पाको छैन तीज पो शुरु भयो !
हेरेनन कि क्यालेन्डर कि,चाड पो आघि गयो !

जन्मास्टमी आए संगै तीज पो लाउथ्यो पहिले
एति चाडै आउन थाल्यो के भएर अहिले !

जन्मेकी खै अर्का कृष्ण असारैमा फेरि
मनायौ कि तीजलाई फेरि त्यहि तिथिलाइ हेरी !

टोल छिमेकमा पार्टी चले गीत नि गाइसके
फेसबुक र मिडियामा तिनै छाइ सके

असारे गीत सुन्ने याममा शुन्छु तीजका गीत !
उल्टीयो कि कोल्टो पर्यो चाडबाडको रीत?

बिराला र पिराला रे गीत नि कस्ता कस्ता !
क्यारी होला सुन्नी हेर्नि परिवारमा बस्दा !

उमेर हदको सिमा तोक तीजका गीतमा पनि
बयश्कले मात्र हेर्नु तीजको यो गीत भनि ।

सस्कृति कि बिकृति हो चिन्न गार्हो आज
पहिरन पनि उस्तै अझै छैन सरम लाज !

काँहा गए तने चोली कठै आज भोलि
औतारी त्यो टालो लाछन् पिठ्यु पुरै खोलि !

त्यत्रो छाती ढाक्न कठै चार अंगुलको टालो
बाक्लो हो र त्यहि नि अझ माकुराको जालो !

तीजका पार्टी कति कति खाने चिज नि अति
माशु माथि मदिरा छ पिउन सके जति !

तीजको दरमा आज कठै आयो माशु जाँड
तीज हो कि हो यो कतै गहनाको चाड !

खुवाउन भनि जानै पर्ने चेलीबेटी लिन
आज आयो अर्को घाँडो तिन्लाइ पुय्राई दिन !

मदिरामा लट्ठीएका लड्लान कतै भनि
घरै लगी बुझाउ तिन्लाइ अर्को जिम्मा पनि !

गहनाको प्रदर्शनी धाकको प्रतिश्पर्धा
आफ्नै ज्यानलाइ जोखिम परि चोरलाई निम्ता गर्दा ।

काँहा जाँदो हो बुद्दि बिबेक पढेकै को पनि ?
तीज लाएसि मेसै पाउनन्न के ले अन्धो बनि !

के आनन्द दिन्छ त्यसले के नै राम्रो पार्छ ?
लुटेराले लुट्न त्यहि ज्यानै पनि मार्छ !

सजिला नि हुन् र अझ गहना नि कस्ता !
तीखा चुच्चा उम्रिएका बनका काँडा जस्ता !

पिठ्यु ढोक्ने टालो छैन छड्के पोते क्यार्नि
घुडा सम्मै लत्रिएको क्यारी होला स्यार्नी !

कुन मन्तरको जन्तर हो त्यो लायौ तिम्ले अनि ?
त्यो लाएसी छुट पाइन्छ कि जे गरेनी भनि !

झुम्का पनि अचम्मैका रामलीलाका अरे !
तिम्रो लिला देखेर कि राम नि दङ्ग परे ?

( ब्यङ्ग कबि पन्तको खण्डकाब्य “कोईली “छिट्टै बजारमा आउदै छ )

प्रतिक्रिया