नर्सिङ पढेकी छोरी सौता बन्न गएपछि परिवारलाई तनाव (भिडियो)

इनेप्लिज २०७६ साउन १३ गते ९:५३ मा प्रकाशित

आफ्ना छोरा छोरी पढाएर ठूलो मान्छे बनाउने सपना हरेक बाबु आमाको हुन्छ । अझ पछिल्लो समय छोरीलाई नर्स बनाएर बिदेश पढाउने बाबुआमाको सपना बन्दै गएको छ । नर्सिङ पढेकी छोरी ड्राईभरसंग भाग्ने त्यो पनि सौता बन्न, यस्तो खबरले बाबु आमा साथै परिवारलाई तनाव बनाउछ । प्रस्तुत बिषयबस्तुमाथी रहेर निर्देशक तथा एरेन्जर तारानाथ आचार्यले माया गुरुङ र रामजी पौडेलको गीत अभागिनीको भिडियो तयार पारेका छन् ।

तीज आउँदै गर्दा छोरीले परिवारलाई दिएको पीडा, छोरीको सम्झनामा हर दिन बाटो हेर्ने आमा र दाजुको व्यथा र सौता माथी गएकी छोरीको समस्यालाई लिएर रामजी पौडेल र माया गुरुङले गीत सृजना गरेका हुन् । गीतमा बरिष्ठ गायक पुरुषोत्तम न्यौपाने, माया गुरुङ, रामजी पौडेल साथै सरिता सारु मगरको स्वर छ । गणेश सापकोटाको छायंकन रहको भिडियोलाई फलानो क्रियशनले पोष्ट प्रोडक्सन गरेको हो । सुबास अम्गाई त्यसका सम्पादक हुन् । हेरौं यो मालिक र निकै मार्मिक तीज गीत ।

प्रतिक्रिया