थाहै नपाई गीत सार्वजनिक

इनेप्लिज २०७६ साउन १३ गते २:५३ मा प्रकाशित

प्रेम जिन्दगी, प्रेम संसार, प्रेम भए मान्छेले के गर्न सक्दैन र ? सुन्दर घरको निर्माण प्रेमबाटै हुन्छ । मान्छे मान्छेमा प्रेम यदी हुन्न भने झगडा अनि कलह मात्रै हुन्छ । संसार आखिर प्रेमबाटै चलेको छ र युगौं चलिरहने छ । प्रेमकै कुरा गर्नुपर्दा गायिका रिता के. सि को स्वरमा मायाप्रेमले भरिएको “थाहै नपाई तिम्रो त्यो रूप” बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दपिक स्टुडियोमा रेकडिस्ट समीर कार्कीबाट गीत रेकर्डिङ्ग गरिएको र राम कार्कीको संगीत/ एरेन्जर रहेको उक्त गीत कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा रहेको उक्त गीत मोशन नेपाल टि. भीबाट सार्वजनिक गरिएको हो । रोशन कुमारको निर्देशनमा दिप गुरुङबाट इडिटिङ्ग गरेको यस भिडियोलाई सुदिप पंगेनीबाट छायांकन गरिएको थियो ।

प्रतिक्रिया