काठमाडौँ, १२ साउन । डिफेन्स करिअर एकेडेमी नेपाल (dCAN) ले नियम रुपमा आयोजना गर्दै आइरहेको ‘नक्षत्रसँग एक पल’ कार्यक्रमको पाँचौँ श्रृंखलामा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रकाश अर्याल प्रस्तुत हुनु भएको छ।
विभिन्न क्षेत्रमा उल्लेख्य स्थान हासिल गरिसक्नु भएको व्यक्तित्वहरुलाई क्रमिक रुपमा प्रस्तुत गर्दै लैजाने र यसो गरिँदा विद्यार्थी भाइबहिनीहरुले सो व्यक्तिलाई नजिकबाट चिन्ने, बुझ्ने अवसर प्राप्त हुने हुँदा विद्यार्थी भाइबहिनीहरुलाई आफ्नो लक्ष्य प्राप्ति गर्नमा प्रेरणा मिलोस् भन्ने उद्देश्यले कार्यक्रमको थालनी गरिएको धारणा राख्नुहुन्छ डिक्यान (dCAN)का संस्थापक डा. राजेन्द्र केसी ।
आफू नेपाल प्रहरी सेवामा प्रवेश गर्दाको क्षणमा अनेकन पटक हार खाँदै विजय प्राप्त गरेको र सेवा अवधिमा समेत पटक–पटक आएका अनेकन समस्यालाई चिर्दै नेपाल प्रहरीको महानिरीक्षक जस्तो पदमा पुग्दाको रोचक र मर्मस्पर्शी कुराहरुसँगै पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्यालले विद्यार्थी भाइबहिनीको सामुन्ने आफ्नो अनुभव प्रस्तुत गर्नुभयो ।
उहाँले सो क्रममा सफल व्यक्ति हुनलाई यदि दृढ संकल्प साथ अघि बढ्न सकिएको खण्डमा लक्ष्यमा अवश्य पुग्न सकिन्छ भन्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको उदाहरण समेत प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो –‘ हामी सधैँ विभिन्न वहाना गर्ने गर्दछौँ, विभिन्न वहानाले गर्दा हामी सफलतालाई पछाडितर्फ धकेल्ने भएको हुँदा लक्ष्य प्राप्तीमा लाग्ने व्यक्तिले सदै संघर्ष गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । सो क्रममा समसायिक विषयहरुमा निरञ्जन तामाङ, आसुतोष महरा, राजु ठाकुर र सायरा खड्काले सोधिएका विभिन्न प्रश्नको जानकारीमुलक जवाफ समेत पूर्व महानिरीक्षक अर्यालले दिनुभयो ।
करीब ३:०० घण्टासम्मको अवधिमा पहिलो सत्रमा पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आफ्नो बाल्यकाल, संघर्षका दिनहरु र विद्यार्थीकालका बारेमा जानकारी दिनुभयो भने दोस्रो सत्रमा उहाँले आफू जागीरे जीवनमा हुँदाबखत गरिएका भोगिएका जीवनउपयोगी ज्ञान र अनुभूतिहरुलाई प्रस्तुत गर्दै विद्यार्थीभाइबहिनीहरुको जिज्ञासालाई समेट्दै जवाफ दिनुभयो । कार्यक्रमको समाप्तीसँगै डिक्यानका संस्थापक डा. राजेन्द्र केसीले डिक्यानका तर्फबाट मायाको चिनो प्रदान गर्नुभयो ।
स्मरणरहोस्, डिफेन्स करिअर एकेडेमी नेपाल ) dCAN) नेपाली सेना : अधिकृत क्याडेट, जम.क, अक., सैन्य, नेपाल प्रहरी : इन्सपेक्टर, असई, जवान, सशस्त्र प्रहरी बल : इन्सपेक्टर, असई जवान र राष्ट्रिय अनुसन्धान विभाग : अनुसन्धान अधिकृत, सहायक, सूचक र सबै संस्थाहरुको सम्पूर्ण प्राविधिक पदहरुमा प्रशिक्षण दिने नेपालको एक मात्र इन्टिच्युट हो । यसले चारवटै सुरक्षा निकायबाट गरी पाँच व्याजमा गरी १० हजारभन्दा बढी सफल प्रशिक्षार्थीहरु तयार गरिसकेको छ । हाल उनीहरु चारैवटा सुरक्षा निकायमा संलग्न भई देशको सेवा गरिरहेका छन् ।
भिडियो हेर्न तलको क्लिक गर्नुहोस ;
प्रतिक्रिया