सञ्जालको वार्षिक उत्सव एवं अधिवेशन सम्पन्न, अध्क्षमा भरत बहादुर मल्ल

इनेप्लिज २०७६ साउन १२ गते ४:४६ मा प्रकाशित

दोहा, ठकुरी सहयोग सञ्जाल कतारले आफ्नो पाचौं वार्षिक उत्सव एवं चौथो अधिवेशन सञ्जालका अध्यक्ष कृष्ण शाहको सभापतित्व एवं सञ्जालका संरक्षक रेशम शाहीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।

सञ्जालका मानार्थ सदस्य एवं सामाजिक क्षेत्रमा स्थापित समाजसेवि ईश्वर काफ्लको विशेष आथित्यतामा सम्पन्न कार्यक्रमा बोल्दै काफ्लेले नेपाली भाषीको निम्ति ठकुरी भाषा र संस्कार कुनै जातिबाद नभई विश्वमै उच्चम सम्मानजन भाषा र संस्कार रहेको बताउदै भने, “सञ्जालले दोहामा रहेका नेपालीहरुलाई भाषा प्रशिक्षण सहित विविध संस्कार र परम्परा झल्किने कार्यक्रम राख्न सके विल्कुलै पृथक र कतारबासी समग्र नेपालीलाई लाभदायी हुनेछ ।

” काफ्लेले निवर्तमान कृष्ण शाहको नेतृत्वको कार्यकालको प्रसंशा गर्दै वर्तमान कार्यसमिति पनि प्रसंशायोग्य हुनेमा विश्वस्त हुदै शुभकामना व्यक्त गरे । सञ्जालको चौथो अधिवेशनबाट सञ्जालका निवर्तमान प्रथम उपाध्यक्ष भरत बहादुर मल्ललाई अध्यक्षमा चयन गरिएको छ भने अबिधेशनले अध्यक्ष सहित १९ सदस्यीय कार्यसमिति सर्वसहमतिमा चयन गरेको छ ।

अध्यक्ष पदका आकाक्षीहरुलाई पूर्व छलफल र बहसबाटै टुंगो लगाई निर्विरोध चयन गरिएको भए पनि महासचीव लगाएत सबै पदहरुमा निकै चुनौतिपूर्ण तर रोचक र स्वस्थ प्रतिस्पर्धा रह्यो । निर्वाचन मण्डलले पाँच पटक सम्म समय थप गरी अन्ततः सञ्जालका वुद्दीजिवि, सल्लाहकार समिति र विभिन्न व्यक्तित्वहरुको विशेष सहकार्यले सर्व सहमतिमै कार्यसमितिलाई पूर्णता दिएको थियो । सञ्जालको बरिष्ठ उपाध्यक्षमा सञ्जाल र सामाजिक क्षेत्रमा सकृय कृष्ण मल्ल चयन भएका छन् भने सञ्जालको संस्थापन कोषाध्यक्ष, समाजसेवी तथा झण्डै २० वर्ष देखि गायन क्षेत्रमा रहेकि चर्चित गायिका इन्दिरा शाहलाई प्रथम उपाध्यक्षमा चयन गरिएको छ ।

त्यस्तै सञ्जालका निवर्तमान महासचिव विवेक मल्ल द्दितिय उपाध्यक्ष रहेका छन् भने सञ्जालका आजिवन सदस्य दुर्गा हमाललाई महासचिवमा चयन गरिएको छ । सभ्य भाषा, सभ्य संकृति हाम्रो पहिचान, शैक्षिक तथा आर्थिक सम्रृद्दिको साथ सहयोग र सद्भाव सबैमा विश्व्यापी हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको सञ्जालको सचिवमा छमबहादुर चन्द ‘शुलभ’ चन्द, र सचिवमा शुरेन्द्र मल्ल रहेका छन् । त्यस्तै कोषाध्यक्षमा खगेन्द्र शाही र सह(कोषाध्यक्षमा जोगबहादुर खाण उचय गरिएको छ भने सदस्यहरुमा तेजबहादुर मल्ल, कृष्णबहादुर सेन, मोहन सेन, सुनिल खाण, विक्की शाही, प्रदिप सेन ठकुरी र रमण हमाल चयन भएका छन् ।

सचिवालय सदस्य सहित रिक्तरहेका अन्य पदहरु, सल्लाहकार समिति, सांस्कृतिक विभाग, विदेश विभाग लगाएत विविध कुरालाई कार्यसमितिको पहिलो बैठकले टुंगो लागाउने छ । सांस्कृतिक विभागका संयोजक एवं ‘बालै फरर’ गितबाट चर्चामा रहेका ईमान सिंह ठकुरीको नेतृत्वमा विविध सांस्कृतिक मनोरञ्जन दिइएको कार्यक्रममा समाजसेवि मोहन कार्कि, सल्लाहकार समितिका केबि हमाल, दिपक सेन, महेश सिंह, पि.एन शाह, निर्मल सिंह ठकुरी, दिपजंग शाह, विशन शाही तथा गायिका इन्दिरा शाह, दिलबहादुर ठकुरी लगाएको आथित्यता रहेको थियो ।

महासचिव विवेक मल्लले सहजिकरण गरेको कार्यक्रममा, केवि हमाल, दिपक सेन, दिपजंग शाह, भरत मल्ल, श्रीकृष्ण मल्ल, इन्दिरा शाह, ध्रुब हमाल लगाएतले शुभकामना मन्तव्य राख्दै हरेक तह र तप्काबाट भाषा र संस्कृति प्रति संवेदनशिल भई आफैबाट सुधार गर्दै लैजानु पर्नेमा प्रतिबद्दता सहित जोड दिए । संञ्जालका संस्थापक तथा पूर्व सल्लाहाकार अमृत शाही, सञ्जालका केन्द्रिय अध्यक्ष रेशम शाह र सञ्जाल बांकेका अध्यक्ष दीपक शाही र बाँके परिवारले पठाएको लिखित शुभकामना सन्देश बाचन गरिएको थियो ।

निवर्तमान कार्यसमिति, सल्लाहकार, विशेष सहयोगि, मानार्थ सदस्य लगाएत सबैलाई प्रसंशा पत्र र सम्मान पत्रले सम्मान गरिएको कार्यक्रमको समापन एवं कार्यसमिति भंग गर्दै सभापति शाहले आफ्नो सफल कार्यकालको लागि अथक सयोग, समर्थन, माया र सल्लाह दिने सबै प्रति कृतबज्ञताको ऋणी रको बताउदै आगामी कार्यकालमा पनि आफ्नो उल्लेखनिय योगदान रहने प्रतिबद्दता व्यक्त गरे ।

रेशम शाहिको संयोजक तथा महेश सिंह, पि एन शाह, निर्मल सिंह ठकुरी र दिपजंग शाह सदस्य रहेको निर्वाचन समितिको २ हप्ता लामो छलफल, अभ्यास बहसबाट सर्बसहमति मै नयाँ कार्यसमितिले पूर्णता पाएको थियो।

भने नव निर्वाचित कार्यसमितिलाई सञ्जालका सल्लाहकार एवं निवाचन समितिका सदस्य दिपजंग शाहले पद तथा गोपनियताको सफथ ग्रहण गराएका थिए ।

निर्वाचन लगतै दीप संञ्चारसंग कुरा गर्दै नव निर्वाचित अध्यक्ष मल्लले विश्वव्यापी फैलिएको यो सञ्जाललाई कतारको नमूना सञ्जाल गराउने बताए । ‘हामि एकताका प्रतिक हौं, नेपाल र नेपालीलाई मात्र नभै विश्वभर रहेका नेपाली भाषीलाई भाषा, संस्कार र सभ्यताकाे नेतृत्व गर्नु पर्छ भन्दै मल्लले भने, ‘शुरुवात आफैबाट गर्नु पर्छ र पहिलो बैठकबाटै भाषा अनिवार्य गर्ने छु ।’

प्रतिक्रिया