प्रचण्डलाई डिसीमा टेक्ससबाट भेट्न आएका एक व्यक्ति तथा बनेपाका पत्रकारले मेरो बारेमा के सुनेका रहेछन त ?

विजय थापा २०७६ साउन १२ गते २:०५ मा प्रकाशित

आज समाज सेवाबाट लखतरान भएर घर आएता पनि दुई रोचक प्रसङ्ग पस्किन मन लागेको छ । गत मे २५ ,२०१९ का दिन मैले अंग्रेजी नमिसाई नेपाली बोल्न थालेको पच्चीस बर्ष पुगेछ ।

यसरी एक प्रकारको अभियान नै चलाउनु निकै मुस्किल हुन्छ । यो पंक्तिकार अमेरिकामा छ । अमेरिकामा चौतर्फी अंग्रेजी नै अंग्रेजी बोल्नु पर्ने वातावरणमा नेपाली समुदायमा नेपाली मूलका कुनै पनि व्यक्तिहरु संग बिशुद्ध नेपाली मात्र बोल्ने प्रयास गर्नु कति सम्भव हुन्छ त्यो हामीले मनन गर्ने बिषय पनि हुन सक्छ ।

यो पंक्तिकारलाई चिन्नेले चिन्लान तर नचिन्ने र आफू एक शब्द पनि अंग्रेजी नमिसाई नया मान्छेसंग विचार बिमर्श गर्दा आश्चर्यचकित हुन्छन । किनभने यो स्वाभाविक पनि हो । अमेरिकामा बसेर पत्रकारिता गर्ने मानिसले कसरी अंग्रेजी शब्द न घुसाई केवल नेपाली शब्द मात्र बोल्न सक्छ भन्ने सबैलाई लाग्दछ ।

२५ बर्ष देखि यसरी एकनाससंग अभियानमा लागेको एक प्रकारको नसा नै मान्नु पर्छ । यसरी लाग्छु भन्ने र लामो यात्रा गर्छ भन्ने ठानेको र कल्पना पनि गरेको हैन । तर एक पटक छुटेको सवारी साधन निरन्तर अगाडी बढेको छ ।

म यहाँ बिषय बस्तुमा प्रवेश गर्न चाहन्छु । आफूलाई निकै स्वाद आएको र घत परेका दुई प्रसंग राख्न चाहेको छु । सन् २००२ अर्थात् आज भन्दा १७ बर्ष अगाडी बनेपामा आयोजना भएको नेपाल जेसिजको सम्मलेनमा एक पत्रकार झुक्किए । उनि आश्चर्यचकित भए । तत्कालिन समयमा मैले अंग्रेजी नमिसाई नेपाली मात्र बोलेको केवल ८ बर्ष मात्र भएको थियो । उनले बिराटनगरमा ठेट र झर्रो नेपाली मात्र बोल्ने ओखति बिक्रि प्रतिनिधि ( मेडिकल रिप्रिजेनटेटिभ)छ भन्ने हल्ला खल्ला सुनेका रहेछन । उनले कसरी यो सम्भव हुन्छ भन्ने तर्क पनि दिएका रहेछन ।

संयोगबस उनि मदिरा तथा जौ मदिरा( बियर) का एक थोक ब्यापारी संग भेटघाट गर्न आएका रहेछन । संयोगबस म पनि त्यही थोक ब्यबसायीसंग भेट्न आएकोमा उनि संग परिचय भयो । मैले उक्त थोक बिक्रेता संग बिशुद्ध नेपाली बोलेको देखेर मुसु मुसु हासे । उनले एकछिन पछि थोक ब्यापारीलाई तपाई जस्तै मानिस र बिशुद्ध बोल्ने मानिस बिराटनगरमा छ अरे मलाई मेरै मुखमा उनलाई सुनाउदै भने । कति हास्नु । उनले भने कि तपाई त्यो व्यक्तिको प्रशंसक हुनु हुन्छ या अनुयायी हुनु हुन्छ भनि मलाई प्रश्न गरे । म अलमल परेको मात्र के थिए म संग गएको साथीले पत्रकारलाई तैले जे सुनेको छस मलाई देखाउदै उनै सक्कली मानिस हो भने पछि अचम्म मान्दै लाज माने । मलाई साच्चै हो भनि सोधे ।

र ,म संग उनले पत्रकारलाई चाहिने र तुरुन्तै नआउने शब्दहरु सोधे । यसरी म बिराटनगरबाट काठमाडौँ आएर त्यो पनि रातीको समयमा बनेपा बजारमा जाँदा पत्रकारले म भन्ने थाहा नपाएर मेरै मुखमा तपाई जस्तै मानिस बिराटनगरमा आफूलाई भन्दा मलाई पनि अनौठो लाग्यो ।

र दोश्रो प्रसङ्ग अझ रोचक छ । केही महिना अगाडी पूर्व प्रधान मन्त्रि पुष्पकमल दाहाल “प्रचण्ड” को अमेरिकाको भ्रमणमा अर्को यस्तै रोचक प्रसङ्ग घट्न पुगेको छ । प्रचण्ड नेपाल फर्कने अन्तिम समयमा वाशिंगटन डिसी स्थित नयाँ राजदुत निवास प्रचण्ड संग भेट गर्न गएका थियौ ।

हामी पुग्नु अगाडी नै प्रचण्डलाई भेट्न टेक्ससका केही नेपालीहरु आएका रहेछन । म धेरैलाई चिन्दछु । सन् २००२ मा यस्तो रोचक तथा अविस्मरणीय घटनाक्रम पछि झन्डै १७ बर्ष पछि सात समुन्द्रपारी यस्तै प्रसङ्ग घट्दा म पनि आश्चर्य भए । उक्त व्यक्ति पनि पानी पानी भए । उनले म चाही हैन होला अंग्रेजी नमिसाई बोल्ने मानिस चै बिराटनगर मै होला भन्ने सोचेका रहेछन ।

नेपाली समुदायमा म जहाँ पनि अंग्रेजी नमिसाई बोल्छु । २५ बर्ष देखि यो क्रम जारी छ । प्रचण्ड संग भेट हुँदा पनि बिशुद्ध संग बोल्दा तपाई अद्वितीयपन लाग्यो भनि मलाई भने । मैले बिशेष भेटघाट सुरु हुनु अगाडी सबैको तस्बिर लिने क्रममा मैले अंग्रेजी नमिसाईकन बोल्ने क्रममा टेक्सस बाट आएका ब्यापारीले मलाई त्यहाँ पनि बिराटनगरमा तपाई जस्तै बोल्ने ओखति बिक्रि प्रतिनिधि हुनु हुन्छ भने । उनले मलाई सामाजिक संजालमा देखेता पनि यस्तो बोल्ने म नै हु भन्ने लागेको रहेनछ । उनि त अर्कै मानिस भन्ने ठानेका रहेछन ।

त्यसै बीचमा हल्ला खल्ला भयो मेरो नेपाली बिषयमा । र अर्का उनका साथी र मैले चिनेको ब्यक्तिले बिशुद्ध नेपाली मात्र बोल्ने वहा नै हो त ? चिनेको छैनस भनि प्रश्न गर्दा उनि एकछिन अकमक परे । वहानै हो त विजय थापा ,महोदय भने पछि उनले म संग आएर हात मिलाए र खुशी भए ।

र ,निकै अप्ठयारो माने र उनि पनि मुसुमुसु हासे । अहिले सम्म मैले अंग्रेजी नमिसाई बोलेको बिषयमा थुप्रै घटनाहरु घटेका छन् । मानिस चकित हुने र कसरी सम्भव होला भनेर एक पटक घोत्लिन बाध्य पनि हुन्छन ।

तर मलाई प्रचण्ड अमेरिका आउदा र बनेपाका पत्रकारको प्रसङ्ग सबै भन्दा रमाइलो लागेको छ । त्यसैले पाठकवर्ग संग आफूले उहिले देखि संगालेर राखेको मलाई लागेको रोचक र अविस्मरणीय घटना पस्कने जमर्को गरेको छु ।

अन्यथा लिनु हुने छैन ।

अस्तु !

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया