प्रभातको ‘सुइखुरे’ सार्वजनिक भयो

इनेप्लिज २०७६ साउन ११ गते २१:४६ मा प्रकाशित

 

२७ जुलाई, कोपनहेगन, डेनमार्क ।

डेनमार्क निवासी कथाकार प्रभात किरणको कथासङग्रह ‘सुइखुरे’ कोपनहेगनमा एक भव्य कार्यक्रमका विच डेनमार्कका लागि नेपाली राजदुत युवनाथ लम्सालको हातवाट लोकार्पण भएको छ । २०६ औं भानु जयन्ती समारोहको विशेष अवसरमा उक्त कृति लोकार्पण गरिएको थियो ।

सुइखुरे कथासङ्ग्रहमा सामाजिक, राजनैतिक, आर्थिक, डायोस्पोराका विसंगती आदिलाई कथाको विषय बनाइएको छ । ६२ वटा छोटा कथाको संग्रह ‘सुइखुरे’लाई समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशन गरेको हो ।

कृतिको बिक्रिवाट आएको रकम पूर्वी नेपालको ताप्लेजुङमा संचालित ‘धर्ती आमाकोष छात्रवृत्ती कोष’ मार्फत गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई प्रदान गरिने कुरा कथाकार प्रभात किरणले उक्त कार्यक्रममा घोषणा गरे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरद्धारा आयोजित ऊक्त कार्यक्रममा डेनमार्कका विभिन्न सहरबाट आएका सर्जकहरुले रचना वाचन गरेका थिए ।

 

प्रतिक्रिया