कुमार बज्र ,
मोहनीको उपलक्षमा नेवा:एच डी टेलिभिजन र ग्लोबल नेपाल नेटवर्क नेपाल भाषा बाल कविता वाचन प्रतियोगिता हुने भएको छ l बालबालिकाहरुलाई नेपाल भाषाको महत्व बुझाउने उद्वेस्यले उक्त कार्यक्रम हुन लागेको हो l उक्त प्रतियोगितामा संसारभरबाट १३ वर्ष सम्मका बालबालिकाहरु जसले पनि भाग लिन पाउने छन l उक्त कार्यक्रममा भाग लिन कविता वाचन गरि राखेको बाल बालिकाहरुको भिडिओ आयोजक नेवा: एकता अभियानमा सेप्टेम्बर ३० सम्ममा पठाउनु पर्ने छ l बालबालिकाहरुले नेवार संस्कृति झल्किने ड्रेस लगाएर नेपाल भाषाको ३० देखि ९० शब्द सम्मको जुन कविता पनि वाचन गर्ने सकिने छ l
बालबालिकाहरुलाई दिईने पुरस्कारहरु
१ .प्रथम बीस हजार (ने.रु.२०,००० )
२. द्वितीय पन्ध्र हजार (ने.रु.१५,००० )
३. तृतीय दश हजार (ने.रु.१०,०००)
४. फेसबुकमा लाईक र भिडिओमा मोस्त पपुलरभ्यू लाई दश हजार (ने.रु. १०,००० )
५.युत्युबमा सब्स्क्राईब र मोस्त्त पपुलरभ्यू लाई दश हजार (ने. रु. १०,००० )
प्रथम ,द्वितीय र तृतीय पुरस्कारहरु योग्यताको आधारमा जजहरुले छानिने छ l
उत्कृस्त कविता वाचन गर्ने बालबालिकाहरुको भिडिओ नेवा: एच डी टेलिभिजनबाट प्रशारण गरिनेछ l
उक्त कार्यक्रम प्रज्वल शाक्य र नेवा:एचडी टेलिभिजन तथा ग्लोबल नेपाल नेटवर्क तीमको संयोजनमा नेवा: एकता अभियानको आयोजनामा हुन लागेको हो l
सम्पर्क:
https://www.facebook.com/
https://www.youtube.com/
Email : [email protected]
प्रतिक्रिया