गोविन्द गिरी प्रेरणाको “गुनासो” एलवम प्रकाशित

इनेप्लिज २०७६ साउन ९ गते २१:१३ मा प्रकाशित


ईनेप्लिज प्रतिनिधि  काठमाडौं, साउन ७, चर्चित साहित्यकार गोविन्द गिरी प्रेरणाको दोश्रो गीति एल्वम “गुनासो” म्युजिक नेपालले वजारमा ल्याएको छ । प्रेरणाका पाँच गीतहरुमा आजका चर्चित संगीतकार नरहरि प्रेमीको संगीत रहेको छ भने विख्यात भारतीय गायक कुमार सानु, प्रमोद खरेल, नरहरी प्रेमी, सुमिना लो, जेपी रेग्मी तथा दीपिका श्रेष्ठको स्वर रहेको छ । यी गीतहरु यूट्यूवमा सुन्न सकिन्छ ।

साहित्यकार प्रेरणाको यसअघि “फूलमाथि शित” गिति एल्वम प्रकाशित थियो जसमा प्रख्यात संगीतकार शक्तवल्लभको संगीत थियो भने स्वरुपराज आचार्य, अन्जु पन्त, यम वराल, माण्डवी त्रिपाठी, सुमित खड्का, शिशिर योगी, जगदीस समाल, थुप्देन भुटियाका स्वर रहेका थिए ।

साहित्यकार प्रेरणा नेपाली साहित्यमा सर्वाधिक विधामा लेख्ने वहुविधाका सर्जक हुन् । उनका हालसम्म कथा, कविता, निबन्ध, उपन्यास, नियात्रा, समालोचना, हास्यव्याङ्ग्य लगायतका विधामा २५ मौलिक पुस्तक प्रकाशित भइसकेका छन् भने करिव एक दर्जन पुस्तक उनले सम्पादन तथा अनुवाद गरेका छन् ।

प्रतिक्रिया