निर्वाचन आयोगले माग्यो रिक्त जनप्रतिनिधिको विवरण

इनेप्लिज २०७६ साउन ८ गते १०:५४ मा प्रकाशित

काठमाडौँ, ८ साउन । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ।२०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो कार्यकाल पूरा नहुँदै कुनै कारणले पद रिक्त भएको छ भने विवरण पठाइदिन आयोगले माग गरेको हो।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएर स्थानीय तहबाट रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ।

आयोगले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्ष रिक्त भएको भए तीन दिनभित्र विवरण मन्त्रालयलमा पठाइदिन आग्रह गरेको हो ।

विवरण प्राप्त भएपछि रिक्त रहेका स्थानमा उपनिर्वाचनको तयारी गर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया