ग्लोबल नेपाली फिल्म अवार्ड तथा नेपाल फिल्म सोसाइटि द्वारा मृतक परिवारलाई आर्थिक सहयोग प्रदान

इनेप्लिज २०७६ साउन ७ गते १०:४१ मा प्रकाशित

काठमाडौँ : ग्लोबल नेपाली फिल्म अवार्ड तथा नेपाल फिल्म सोसाइटिले संयुक्त रुपमा काठमाडौँको मुलपानीमा बाडी तथा पहिरो बाट एकै परिवारका ३ जना मृत्यु भएका पिडित परिवारलाई रु. ३०,०००.००(तिस हजार) आर्थिक सहयोग गरेको छ । बारा जिल्ला देवताल गाउपलिका वडा न. ५ घर भई मुलपानीमा बसोबास गरि ज्यामी काम गर्दै आएका बिपन्न बर्गका ३ जना सर्मिला देवी यादब, नितु देबी यादब र कुन्दन यादबको पहिरोले पुरिएर मृत्यु भएको थियो ।

आर्थिक अबस्था एकदमै कम्जोर भएका परिवारलाई केहि राहत महसुस होस् भन्ने उदेश्यले कागेश्वरि मनहरा नगरपालिका वडा न. ६ का वडाधक्ष्य प्रकाश फुयाल र मृतकका आफन्त बिपिन यादबको उपस्थितिमा वडाधक्ष्य मार्फत पिडित परिवारलाइ आर्थिक राहत स्वरुप उक्त आर्थिक सहयोग गरिएको कुरा नेपाल फिल्म सोसाइटीका अधक्ष्य कृष्ण मल्लले जानकारी गराए ।

ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य नबराज श्रेष्ठ तथा अमेरिका निबासी कलाकार तथा ग्लोबल नेपाली फिल्म अवार्डका सदस्य राजु बजाजको पहलमा अमेरीका निवासी कलाकारहरु मार्फत उक्त रकम आएको र नेपाल फिल्म सोसाइटीका अधक्ष्य कृष्ण मल्ल, नेपाल फिल्म सोसाइटीका मदु कुमार श्रेष्ठ, एस. के. श्रेष्ठ, नारायण प्रधान, पुरन जोशी, शंकरलाल श्रेष्ठ प्रेस संयोजक सुर्य चन्दको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो । स्मरण रहोस उक्त सस्थाहरु मार्फत यस अघि कलाकार तथा पिडित जयनेन्द्र चन्द ठाकुरलाइ रु. २०,००० आर्थिक सहयोग गरिएको थियो ।

प्रतिक्रिया