आफ्नो प्रतिभा निखार्दै बेनेली मोडल हन्ट नेपालका ६० प्रतियोगी

इनेप्लिज २०७६ साउन ६ गते २१:१८ मा प्रकाशित

 

काठमाडौं – नेक्स्ट मोडल नेपाल आयोजना रहेको ‘बेनेली मोडल हन्ट नेपाल २०१९’ ६० प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । प्रतिस्पर्धामा कसरी उत्कृष्ट हुने र शिर्ष उपाधि प्राप्त गर्ने भन्ने उदेश्यले उनीहरु अहिले आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् ।

१६ देखि २८ ननाघेका ‘बेनेली मोडल हन्ट नेपाल २०१९’का प्रतियोगी युवायुवतीका लागि राजधानीको ठमेलस्थित इभिजा लन्चमा बिगत एकसाता देखि प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणमा उत्साहित ३० युवती र ३० युवक सहभागी छन् ।

प्रशिक्षणको क्रममा उनीहरुले दुई चरणको प्रशिक्षण लिने ‘बेनेली मोडल हन्ट नेपाल २०१९’का आयोजक संस्था नेक्स्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए । धमलाका अनुसार पहिलो चरणको अडिसनमा प्रतियोगीले मुख्य प्रशिक्षक रोजीन शाक्य, परमिता राणा, थेन्डुप शेर्पा लगायतका नेपालका उत्कृष्ट प्रशिक्षकबाट व्यक्तित्व विकास, बेसिक मोडलिङ, सञ्चारकला, फोटोसुट, भिडियोसुट लगायत प्रशिक्षण लिनेछन् ।

त्यस्तै दोस्रो चरणको प्रशिक्षणमा मिस इन्डिया ग्लोब, ल्याक्मे फेसन वीक, दुवई फेसन वीक लगायत अन्तराष्ट्रिय सोका निर्देशक तथा कोरियोग्राफर अभिमन्यु सिंह तोमरबाट अन्तराष्ट्रिय मोडलिङ, स्टाइलिङ, ड्रेसिङ सेन्स, स्टेज पफमेन्स र कोरियोग्राफी सिक्नेछन् ।

नेपाली प्रतियोगितामा अन्तराष्ट्रिय कोरियोग्राफरको उपस्थितीले नेपालका मोडललाई अन्तराष्ट्रिय बजारको जानकारी र एबं नेपाली मोडलले उत्कृष्ट प्रशिक्षण प्राप्त गर्न मद्दत पुग्ने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले प्रष्ट पारिन् ।

प्रतियोगिताको अन्तिमस्पर्धा (फाइनल)आगामी भदौको पहिलो साता सोल्टी क्राउन प्लाजामा हुँदैछ । प्रतियोगितामा देशबिदेशका सेलिब्रेटीको पनि सहभागीता रहने आयोजकले जनाएको छ ।

‘मोडल हन्ट नेपाल’ नेपालको मोडलिङ सम्बन्धी उत्कृष्ट प्रतियोगिता हो । इन्डिया, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, अमेरिका लागायत विश्वका बिभिन्न मुलुकमा आयोजना हुँदै आएको यो प्रतियोगिता बिगत ५ बर्षदेखि नेपालमा पनि नियमित आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया