दुबई युएई,
दाङ देउखुरी समाज युएईको दोश्रो अधिवेशन सम्पन्न भएको छ र नारायण आचार्यको नेतृत्वमा आगामी (२०१९/२१) कार्यकालका लागि २१ सदस्यीय समिति सदस्य कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ।
संस्थाका अध्यक्ष कमल गिरीको सभापतित्व एवं नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद(सिपी) सापकोटाको प्रमुख आतिथ्यतामा दुबई स्थित नशा लोकदोहरीको सभाहलमा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथिका रुपमा प्रबुद्ध ब्याक्तित्व दाङ निवासी प्रोफेसर शशिधर बेलबासे र प्रदेश ५ सम्पर्क समिती युएईका अध्यक्ष राजु खड्का रहनुभएको थियो भने युएई स्थिति अन्य संघसंस्थाका प्रमुख , प्रतिनिधि एवं युएईमा रहने दाङवासीको समेत उल्लेख्य उपस्थिति थियो।
उपाध्यक्ष सूर्य बहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाको (२०१७/१९) कार्यकालको आर्थिक प्रतिवेदन कोषाध्यक्ष धनिराम सुवेदीले पेश गर्नुभएको थियोे भने त्यस्तै कार्यप्रगती प्रतिवेदन पेश गर्दै महासचिव नारायण आचार्यले संस्था गठन भए संगै यसले युएईमा रहेका जिल्लावासीहरुको अप्ठ्यारो परिस्थितिमा अभिभावकीय जिम्मेवारी निर्वाह , गृह जिल्ला दाङमा आईपर्ने विविध किसिमका प्राकृतिक , दैविक एवं मानवीय बिपत्ति संगै सिंगो मुलुकमा आईपरेका महाबिपत्तीका समयमा राहत उद्दार साथै युएईमा विभिन्न समयमा कानूनी झमेला झेल्दै आईरहेका अन्य नेपालीको हकमा समेत संस्थाले आफ्नो उद्देश्य अनरुप सहयोग र सहकार्य अगाडी बढाईरहेको जानकारी गराउनु भएको थियो।
कार्यक्रममा अतिथिहरुले आफ्नो तर्फबाट मन्तव्य राख्दै पाल्पाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्यालले युएईमा सामाजिक संस्थाहरुको कार्यगत एकतामा जोड दिनुभयो यसैगरी अन्तरास्ट्रिय रोल्पाली समाज युएईका महासचिव कुमार केसीले दाङ संगको समन्वयमा गत बर्ष र यस बर्ष समेत संयुक्त रूपमा तीज बिशेष कार्यक्रम सहित कैयंन अभियानमा समन्वय गरेको जनाउँदै आगामी दिनमा समेत सहकार्य समन्वय जारी रहने धारणा व्यक्त गर्नुभयो त्यस्तै कास्की आदर्श समाज युएईका अध्यक्ष केदार कुँवरले समेत पछिल्ला दिनमा दाङ देउखुरी समाज युएईले सामाजिक कार्यमा गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा समन्वय सहकार्य मार्फत प्रभावकारी योजना अगाडी बढाउने बताउनुभयो,त्यसै गरि हाल नेपाल सहित युएईमा निशुल्क प्राथमिक उपचार तालिम चलाउँदै आउनु भएका सामाजिक अभियन्ता ओम उप्रेतीले युएईमा रहेका नेपालीहरुलाई सचेतना सहित आपतकालीन अवस्थामा जीवनरक्षाका लागि तालिमका कार्यक्रम अगाडी बढाउन सके प्रभावकारी रहने धारणा राख्नुभयो भने देवराज वलीले समेत सामाजिक संस्थाहरुले आपतकालीन अवस्थामा खेलेको भूमिकाको चर्चा गर्दै यसबाट लक्षित बर्गले कसरी बृहत्तर लाभ लिँदै आएका छन् त भन्ने बारे समेत जानकारी गराउनुभयो।
प्रदेश नं. ५ सम्पर्क समिती युएईका अध्यक्ष राजु खड्काले हाल मुलुकको संघीय संरचना अन्तर्गत प्रदेश नं. ५ अन्तर्गतका जिल्लाहरुको छाता संस्थाका रुपमा समिती गठन भएकाले आगामी दिनमा जिल्लाका संस्थाहरुले समन्वय र सहकार्यमा सामाजिक गतिविधिमा अगाडी बढ्ने र त्यसमा दाङ देउखुरी समाजको प्रभावकारी भूमिका रहने धारणा ब्यक्त गर्नुभयो। त्यस्तै दाङ निवासी प्रबुद्ध ब्यक्तित्व प्रोफेसर शशिधर बेलबासेले प्रदेशको आम्दानीलाई स्वदेशमा समेत उत्पादन मुलक कार्यहरुमा लगाउन सके त्यसले दीर्घकालीन लाभ दिने र यसरी नै सामूहिकपनको विकास गरि साझेदारीका रुपमा लाग्न पर्नेमा जोड दिँदै अन्य अनुभवका आधारमा युएईमा विविध क्षेत्रका रहेका नेपाली अभियन्ता मार्फत युएईमा रहेका नेपालीहरुको ब्यक्तित्व एवं सीप विकासका लागि तालीम , कार्यशाला र गोष्ठीको आयोजना गर्न सके त्यसले थुप्रै नेपाली लाभान्वित हुने धारणा राख्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद(सिपी) सापकोटाले अफ्नो अढाई दशक भन्दा लामो युएई बसाईबाट युएईका सामाजिक संस्थाको आवश्यकता यसको गठन प्रक्रिया , सामाजिक संस्थाले हाल सम्म पुर्याएको भूमिका , युएईमा हाल नेपालीहरुको अवस्था संगै सामाजिक संस्था सहित यहाँका नेपालीहरुको अबको भबिष्यका बिषयमा बिस्तृत जानकारी गराउँदै युएईमा सामाजिक संस्थाहरुको माझमा दाङ देउखुरी समाज युएईले छोटो समयमा निकै राम्रो कार्य गरेर छुट्टै स्थान बनाएको देख्दा आफू हर्षित भएको बताउँदै संस्थाप्रती आभार प्रकट गर्दै आगामी दिनमा थप सफलताको कामना गर्नुभयो। सभापती कमल गिरीले कार्यक्रममा उपस्थितका लागि सबैलाई धन्यवाद ज्ञापन गर्दै दाङ देउखुरी समाज युएई आफ्नो अभियान र लक्ष्यमा अंझै नयाँ उर्जाका साथ निरन्तर अगाडि बढिरहने बिश्वास ब्यक्त गर्नुभएको थियो।
आगामी कार्यकाल (२०१९/२१) का लागि नारायण आचार्यको अध्यक्षतामा नव निर्वाचित कार्यसमितिमा प्रथम वरिष्ठ उपाध्यक्षमा सुर्य बहादुर केसी ,उपाध्यक्षमा धनिराम सुवेदी , महासचिवमा गोपाल केसी , सचिवमा गेहेन्द्र खड्का , सह-सचिवमा नारायण भण्डारी,कोषाध्यक्षमा बिजय केसी, सह कोषाध्यक्षमा मौषम परियार , प्रबक्तामा तिलक वली त्यस्तै सदस्यहरुमा शर्मिला डाँगी , बालकृष्ण बुढा , मनिषा पुन , शिवा मल्ल , बिपना थापा , भोजराज आचार्य , आरोही पाण्डे , प्रेम चौधरी , देव वली , बिरेन्द्र खड्का र अर्जुन छिनाल रहनुभएको छ।
त्यस्तै सांस्कृतिक बिभाग प्रमुखमा हरि डांगी निर्वाचित हुनुभएको छ।
यस्तै संस्थाको संरक्षकमा निवर्तमान अध्यक्ष कमल गिरीलाई चयन गरेको छ भने प्रमुख सल्लाहकारमा नरेश सेन सहित सल्लाहकारमा क्रमशः सन्तोष धिताल , पिम बहादुर केसी , देवराज वली , बिश्वदेव शाह सहित प्रेस सल्लाहकारमा जि.के. दङ्गाली (गणेश खत्री) चयन हुनुभएको छ ।
प्रतिक्रिया