जन्मदिनमा प्रेमीलाई अर्की युवतीसँग भेटेपछि यस्तो भयो (भिडियोसहित)

इनेप्लिज २०७६ साउन ३ गते १०:०६ मा प्रकाशित

आफ्नो प्रेमीको जन्मदिन मनाउन उनको घर पुगेकी एक युवतीले प्रेमीलाई अर्कै युवतीसंग बसेको देखेपछि प्रेमीकै घरमा झुण्डिएर आत्महत्या गरिन् । प्रेमीको जन्म दिन मनाउन गएकी प्रेमी भीमबहादुर तामाङको जन्मदिन मनाउन बालाजुस्थित उनकै घरमा गएकी त्रिपुरेश्वर, सुकुम्बासी बस्तीकी जेनी तामाङले शौचालयमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

सोमबार (असार ३०) गते साँझ जेनी प्रेमी भीमको जन्म दिन मनाउन उनको घरमा पुगेकी थिइन् । जन्म दिनको कार्यक्रममा भीमलाई अर्की प्रेमिकाप्रमिन नगरकोटी सँग देखेपछि जेनी आवेशमा आएकी थिइन् । उनले प्रमिनलाई सम्झाउन समेत खोजेको तर आवेगमा आएर प्रमिनकै सल लिएर शौचालयमा गएर आत्महत्या गरिन् ।

प्रहरीले भीम र प्रमिन दुवैलाई पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको र अनुसन्धान पछि नै हत्या र आत्महत्याबारे थाहा हुनेछ ।

यस विषयमा जेनीका परिवारका सदस्य के भन्छन् उनीहरुको भनाई जस्ताको तस्तै :

प्रतिक्रिया