केएमसी स्कूल (बिद्यालय)मा गुरु पूर्णिमामा गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो

इनेप्लिज २०७६ साउन १ गते ०:१० मा प्रकाशित

काठमाडौँको प्रसिद्ध केएमसी स्कूल (बिद्यालय)ले गुरु पूर्णिमामा गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाएको छ । शिक्षकहरुले आफ्ना गुरु र बिद्यार्थीहरुले आफ्ना गुरु शिक्षकलाई सम्मान भाव प्रकट गर्दै मनाएका छन् ।

काठमाडौँको बुद्धनगर स्थित केएमसी बिद्यालय काठमाडौँ मोडल कलेजको एक कनिष्ठ अंग हो । केएमसी बिद्यालय शैक्षिक उत्कृष्टता प्रति प्रतिबद्ध छ । शैक्षिक उत्कृष्टता गुणस्तर शिक्षाको माध्यम बाट भन्ने मुख्य उद्धेश्य बोकेको केएमसीले हरेक बर्ष यसरी मनाई रहेको छ ।

आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइने भएकोले केएमसी बिद्यालयले मनाएको उक्त बिद्यालयकि गुरुआमा/शिक्षक पुनम अधिकारी बस्नेतले बताईन ।

उनले भनिन हामी पनि आफ्ना गुरु प्रति सम्मान गर्छौ र हामीलाई पनि ससाना बिद्यार्थीहरुले सम्मान गर्दा निकै खुशी लाग्ने बताईन । किनभने हामीले यसरी सिकाएन भने यो क्रम रोकिन्छ । आजको दिन एक दम खुशी लागेको र बालबालिका संग निकै समय बिताउन पाउदा हर्ष लागेको बताइन । यो क्रम एक पुस्ता देखि अर्को पुस्ता सम्म निरन्तर हुने हुनाले यसलाई निकै महत्व दिने गरेको बताइन ।

गुरु पूर्णिमामा शिक्षकले रातो टिका लगाइ दिने र ससाना बिधार्थीहरुले पनि गुरुआमाहरुलाई टिका लगाई दिएको र उपहार समेत दिएको बताइन । उनिहरुको लागि केक समेत काटी गुरु पूर्णिमा मनोरन्जनात्मक रुपमा मनाइएको बताइन ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । हाम्रो संस्कार र संस्कृतीमा पनि गुरुको स्थान उच्च मानिन्छ । गुरुलाई हामी माता पिता भन्दा पनि पहिलो देवताको स्थानमा राखेर पुज्छौ ।

गुरुपूर्णिमाका अवसरमा विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् । आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यासजयन्ती मनाउने गरिएको हो । गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिएका थिए ।

गुरु पुर्णिमा के हो ?

नेपाली पात्रो अनुसार अषाढ महिनाको पुर्णिमालाई गुरु पुर्णिमाको रुपमा मानिन्छ । गुरु व्यास को सम्झनामा गुरु पुर्णिमा मनाइने परम्परा शुरु भएको मानिंदै आएको बिस्वाश गरिन्छ ।

गुरु पुर्णिमाको महत्व

गुरु पुर्णिमाको दिन समस्त हिन्दू भक्तजनहरुले गुरु व्यास प्रति आदर र सम्मान प्रकट गर्दै आराधना गर्दछन । हिन्दू संस्कृतिमा कुनै पनि तन्त्र, साधना तथा मन्त्र सिक्नका लागि गुरु पुर्णिमाको दिन लाई अति उतम मानिन्छ ।

गुरु नै सर्बसक्तिमान प्रभु हुन । गुरु नहुदा कुनै कुराको ज्ञानको सम्भावना छैन । गुरु पुर्णिमाको दिनमा हामी पनि हाम्रा गुरुहरुलाई श्रद्धा र भक्ति सहित मिठाई प्रसाद, लुगा कपडा आदि अर्पण गरि आदर अर्पण गर्दछौ ।

साँचो गुरु उनै हुन जसमा साँचो रूपमा ज्ञान प्रदान गर्न सक्ने क्षमता हुन्छ, ज्ञानी भएर पनि उनमा घमण्ड रत्ति भर हुँदैन ।

प्रतिक्रिया