एनआरएन अस्ट्रियाको निर्वाचनमा महिला सहभागिता

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ असार ३१ गते २१:५१ मा प्रकाशित

अस्ट्रियाको नेपाली समाजमा चुनावको गर्मी बढ्दै छ। आगामी जुलाई २१ तारिखमा हुन गइरहेको एनआरएनको चुनावले धेरैको ध्यानाकर्षण गरेको छ। यस निर्वाचनमा एउटा चर्चा गर्न लायकको विषय हो महिलाहरुको सकृय सहभागिता।

हरेक मानिसको जीवन अनगिन्ती कथाहरुको संगालो हो, कसैका कथा मोटो अक्षरले लेखिन्छ अनि सबै पढिदिन्छन, कसैका कथा ठुलो स्वरले पढिन्छ अनि सबैले सुनीदिन्छ तर कतिका कथा दुखद र मनछुने खालका भएपनि झिनो स्वरमा सुनाइन्छ अनि मसिनो अक्षरमा सिसाकलमले लेखिन्छ र आफै मेटिएर जान्छ। कतिका कथा गलतरुपमा व्याख्या गरिन्छ अनि सबले विनाकारण घृणा गरिदिन्छन, यस्तै कथा कोर्नेक्रममा आफ्नै व्यथासंगै संघर्षरत छन नेपाली महिलाहरु प्रवासमा। प्रवासका कथाहरुमा पुरुषहरुका व्यथाहरु मात्रै सुनिन्छ। प्रवासी पुरुषहरुका संघर्षका कथाहरु जति रोचक हुन्छन प्रवासी महिलाका कथाहरु पनि त्यतिकै कठोर संघर्षरत भेटिन्छ।

जर्मनीको छिमेकी देश अस्ट्रियामा ठुलो संख्यामा नेपाली समुदाय नभएपनि विगतका वर्षहरुलाई नियाल्ने हो भने प्रवासमा आफ्ना संघर्षका पानाहरुमा केन्द्रीय स्तरको एनआरएनमा आफ्नो स्थान ओगट्न प्रवासी नेपाली महिलाहरु दिलोज्यान दिएर लागेकाछन्। यस पटकको एनआरएन निर्वाचनमा महिलाहरुको सहभागिता ठुलो मात्रामा हुनु सराहनीय कदम हो। सधै महिलाहरु लैंगिक अधिकार खोज्ने तर जिम्मेवारीबाट भाग्नेहरुका लागी अस्ट्रीयामा रहेका प्रवासी नेपाली महिलाहरुले चुनौती दिएका छन्।

व्यक्तिगतरुपमा मैले एनआरएन अस्ट्रियाका सबै जयों महिला उम्मेरद्वारहरुसंग उहाको निवार्चन प्रचार, तयारी र भावी योजनाहरुको बारेमा जानकारी लिन खोजेको थिए तर

समय व्यस्तता र अन्य कारण देखाई उहाहरु सम्पर्कमा आउनुभएन।

यस निवार्चनकी महिला संयोजक पदको उम्मेरद्वार सम्झना बोहरासंग मात्र प्रत्यक्षरुपमा कुरा हुनसक्यो।

महिला संयोजककी प्रतिस्पर्धी सम्झना बोहरा अस्ट्रीयन नेपाली समाजमा चिर-परिचित नाम हो। सांस्कृतिक कार्यक्रमहरु र सामाजिक कामहरुमा प्रत्यक्ष सहभागिता जनाउदै आउनु भएकी उहां यस निर्वाचन प्रति सार्है उत्साहित र सकारात्मक हुनुहुन्छ। यदि महिला संयोजकको पदमा चयन भएमा अस्ट्रियामा रहेका महिलाहरुलाई एकत्रित गरी महिला व्यक्तित्व विकास र महिला सशक्तीकरणमा जोड दिने र अन्तर्राष्ट्रीय स्तरमा पनि महिला सशक्तीकरणको लागी आवाज उठाउन पहल गर्ने लक्ष्य राख्नुभएको छ। निर्वाचनको नतिजा जस्तोसुकै आएपनि आफु सामाजिक कार्यमा समयले साथ दिएसम्म सकृयरुपमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

जम्मा ४१२ मतदाता रहेको यस पटकको एनआरएन अस्ट्रियाको यस निर्वाचनमा सम्झना बोहरा जस्ता उत्साही महिलाहरुको सहभागिताले आगामी दिनहरुमा पथप्रदर्शन गर्नुको साथै लैगिक समानताको मुद्धालाई नारी र पुरुष बीच दुश्मनीको भावना पैदा गराउनेहरुलाई पनि ठुलो चुनौती बन्ने नै छ।

हुन त जन्मभुमीमा राष्ट्रपतिको गरिमामय पदमा महिला आसीन छिन। संयुक्त राष्ट्रसंघ महिला संगठनले पनि एउटा नीति अघि सारेकोछ, “ २०३० सम्म ग्रह ५०-५०, लैगिंक समानताको लागी सरौं( Planet 50-50 by 2030, step in up for gender equality). यस अर्थमा २०३० सम्म महिला र पुरुषलाई समान लैगिंक अधिकार प्रदान गर्ने लक्ष्य संयुक्त राष्ट्रसंघको रहेको छ। तर व्यवहारिक र सामाजिकरुपमा हेर्ने हो भने महिलाहरु सधै लैंगिक अधिकार खोज्ने तर जिम्मेवारी बहन गर्न नखोज्ने वा सधै गार्हो र अफ्ठ्यारो स्थितीमा पुरुषकै आश गर्ने गर्छन। महिला र पुरुषको लैंगिक समानताको अधिकारको लडाईमा अस्ट्रियामा रहेका प्रवासी महिलाहरु उदाहरण बनेर अगाडी बढुने नै छन्। अन्तमा निस्पक्ष निर्वाचनको लागी सबैमा शुभकामना !

“If you educate a man you educate an , but if you educate a woman you educate a family (nation).” – African Proverb

“यदि एउटा पुरुष शिक्षित भयो भने एउटा व्यक्ति शिक्षित हुन्छ तर एउटा नारी शिक्षित भइन भने पुरा समाज र देशै शिक्षित हुन्छ। “ -अफ़्रीकी उखान

बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

प्रतिक्रिया