जोन तुम्बापो र स्वस्तीका प्रधानको स्वरमा रहेको गीत ‘कसले गर्दा…’ सार्वजनिक

इनेप्लिज २०७६ असार ३१ गते १०:४२ मा प्रकाशित

काठमाडौं,

जोन तुम्बापो र स्वस्तीका प्रधानको स्वरमा रहेको गीत ‘कसले गर्दा…’ सार्वजनिक भएको छ । राम लावतीको शब्द, ताराप्रकाश लिम्बुको सङ्गीत र निरज श्रेष्ठको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन तथा छायाँकन रहेको गीतको भिडियोमा अतिश जइरो, रुपा घिसिङलगायतको अभिनय रहेको छ । दिवस गिरीको कोरियोग्राफ रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया