अमेरिकामा २ कुराहरु किन गोप्य राख्दा राम्रो

विजय थापा २०७६ असार ३१ गते १:१० मा प्रकाशित

 

अमेरिकामा सकारात्मक कुराहरुको वर्णन ढवांग ठोकेर गर्दा पनि हुन्छ l तर नेपालमा आफूले अमेरिकाको कानून बिपरित गरेका कुराहरु गर्दा केही हुदैन भन्ने कदापी सोच्नु हुदैन ।

अमेरिकामा बसोबास गर्ने सबैले आफ्ना अमेरिकी कानूनसंग बाझिने कुराहरु बिगतमा गरिएको छ भने पनि गाठो नफ़ुकाउन नै राम्रो हुन्छ ।आफूले बिगतमा यसो गरेको भनि आफन्त र साथीभाईमा पनि यस्ता कुराहरु साटासाट गरे कहिलेकाही दशा लागेको छ भने ठूलो बिपत्ति आई लाग्छ l तसर्थ यस्ता कुराहरुमा बढो संवेदनशिल हुन् जरुरी हुन्छ ।

अमेरिकामा नेपालीहरु विभिन्न कारणबाट आएका हुन्छन । जे जसो गरेर आएता पनि बिगतका नराम्रा कुराहरु भरसक सकिन्छ भने सतह बाहिर ननिकाल्न नै उत्तम हुनेछ । थुप्रै कुराहरु नभन्दा पनि हुन्छ तर दुई कुराहरु ज्यादै महत्वपूर्ण छन् ।

पहिलो कुरा ,नशाबाज/अम्मली/ दुर्व्यसनीको उच्चारण नगर्नु नै उत्तम हुने छ । अमेरिका आएका सबैलाई यस कुरामा ज्ञान हुन्छ l कही कतै साथीभाई संगको उठ बस या अन्य भोज भतेरमा आफूले नियन्त्रण नगरी पिएर आफू नेपालमा हुँदा नशाबाज/अम्मली/दुर्व्यसनी भनेर गर्व नगर्नु नै उत्तम हुनेछ l अमेरिकामा बिगतका सबै नकारात्मक कुराहरु सतह बाहिर न ल्याउनु नै आफ्नो लागि राम्रो हुने छ । किनभने यसरी आफू बिगतमा यस्तो थिए र यसो गर्ने गर्थे भन्ने कुरा सुनाउन आतुर नहुनु होस् ।

काम गर्ने मानिसले झुक्किएर पनि यस्ता शब्द ननिकाल्नु बेस हुनेछ l किनकी अमेरिकामा मूर्दालाई पनि जिउदो बनाई कारवाई हुन्छ । यसरी बिगतमा गरेका कुराहरु मन भित्र र छाती भित्र राख्न सिकौ । यसैमा हाम्रो भलाई हुनेछ । किनभने काम गर्ने क्रममा आफू बिगतमा दुर्व्यसनी भन्दा भै रहेको जागिरबाट हात धुनु पर्ने पनि हुन्छ l अमेरिका यस्ता कुरामा निकै संवेदनशिल भएकोले केही कुरा नओकलौ । तै चुप मै चुप हुनु नै उत्तम ।

दोश्रो ,अपराधीक गतिविधिमा संलग्न भन्ने कुरा को झनक नदिऔ । अमेरिका छिर्न सवै भन्दा पहिले आफू कुनै पनि अपराधिक गतिविधिमा संलग्न नभएकोलाई मात्र प्रहरीले सिफारिस गर्छ  । तर कुरा त्यसो हुदैन ।अमेरिकामा अपराधिक गतिविधिमा संलग्न मात्र भएको प्रमाण फेला पर्यो भने जीवन कठिन हुन्छ l धेरै कुराहरुको सामना गर्नु पर्ने हुन्छ ।

सवैले यो कुरा गोप्य नै राख्दछन ।सवैलाई यो कुराको ज्ञान हुन्छ l अमेरिकामा नेपालमा यस्ता गतिविधिमा संलग्न भएका मानिस नआएका भन्ने कुराहरु कदापी हुदैन । गोप्य मार्ग तथा अन्य बाटोबाट आएका पनि हुन्छन l अपराधी गतिबिधिमा कुनै प्रकारले केही कुरामा सहभागिता र भूमिका निर्वाह गरेको केही मात्र ईतिहास मात्र थाहा भयो भने मूल्य आफूले चुकाउनु पर्ने हुन्छ ।

यस्ता कुरामा ७ जुनी सम्म पनि गर्न नपरोस भन्ने सदबुद्धि आओस । यस्ता कुराको ज्ञान राखौ । अमेरिकामा मै स्थापित हुने ईक्षा तथा योजना रहे प्राण रहुन्जेल यस्ता कुराहरु आफ्ना मुख बाट या रुद्र घन्टी बाहिर नआओस ।

सबैको जय होस् ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया