जाँगर र इच्छाशक्तिको बेजोड नमूना रितु बस्नेत जसले जागीर छाडेर चटपटे बेच्न थालिन (भिडियो)

इनेप्लिज २०७६ असार ३० गते ११:११ मा प्रकाशित

जाँगर र इच्छाशक्तिको बेजोड नमूना रितु बस्नेत जसले जागीर छाडेर चटपटे बेच्न थालिन (भिडियो)

नेपालमा युवा पुस्तामा विस्तारै योग्यता–क्षमता अनुसारको काम नपाएर विदेश भौतारिने क्रम बढिरहेको बेला केही युवाहरु भने समाजमा उदाहरणीय बनेर काम गरिरहेका छन् । यस्तैमा पर्दछिन गोर्खाकी रितु बस्नेत ।

भर्खरै १८ वर्षकी रितु अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् । उनी आजभोलि काठमाडौँ बनस्थलीमा पानीपुरी र चटपटेको व्यापार गरेर बसिरहेकी छिन् । सुन्दर र बान्की परेको अनुहार र शरीर अनि स्नातक अध्ययनरत उनलाई आफ्नो काम गर्न कुनै लज्जाबोध छैन आफ्नो लगानी, आफ्नो श्रम अनि आफ्नै कमाई ।

माध्यमिक शिक्षा पूरा गरेपछि अष्ट्रेलिया, अमेरिका, जापानमा उच्च शिक्षाको मोह कायमै छ भने श्रम गर्न मलेसिया र खाडी जानेहरुको संख्या पनि उत्तिकै छ । देशमा काम छैन, भविष्य छैन भन्दै विदेशमोह राख्नेहरुकोबीचमा दरिलो उदाहरण बनेकी छिन् रितु ।

प्रतिक्रिया