क्यानडाको राजधानीमा भानुजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवस सम्पन्न

सुरेन उप्रेती अटवा, २०७६ असार २९ गते २२:१२ मा प्रकाशित

जुलाई १३ , अटवा । अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) क्यानडा, अटवा र गैह्र आवासीय नेपाली सँघ क्यानडाको संयुक्त आयोजनामा क्यानडाको राजधानी अटवामा आज आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती तथा अन्तराष्ट्रिय नेपाली भाषा साहित्य दिवश एक साहित्यिक कार्यक्रमका साथ सम्पन्न भयो ।

साहित्यिक कार्यक्रममा साहित्यकार र साहित्यानुरागीहरूको भव्य उपस्थितिमा क्यानडाका लागि नेपाली राजदूतावासका तर्फबाट प्रथम सचिव श्री प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा भयो । भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण तथा अविर अर्पण गरी कार्यक्रमको शुभारम्भ भएको थियो । अनेसास अटवाका सल्लाहकारहरु एन. सि. ए. ओ. का प्रतिनिधी , एन. आर. एन.ए क्यानडाका प्रतिनिधी, अटवाका साहित्यकारहरुले आदिकवि भानुभक्तको तश्विरमा पुष्प तथा अविर अर्पण गर्नु भएको थियो ।

अनेसास क्यानडा अटवाका कोषाध्यक्ष नविन सुवेदीको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रममा प्रताप बस्नेतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । त्यस्तै गरी डा राजेन्द्र पराजुलीले नेपाली भाषाको मह्त्व र यसले संसार भरी छरीएर रहेका नेपालीहरुलाई कसरी एकतामा बाँधेको छ ।

नेपाली भाषालाई अझ कसरी शसक्त बनाउँन आवश्यक छ भन्ने विषयमा प्रकाश पार्नु भयो । कार्यक्रममा स्थानीय कबि र कबियात्री कमल कोईराला, कुशुम शर्मा, मानुष बस्नेत, परी पोख्रेल ,लिला खतिवडा ,अस्मिता खड्का, प्रकृती खरेल, योगेन्द्र भट्टराई ,राजेन्द्र केसी सुरेन उप्रेती, रीता सिलवाल आदिले भानुभक्त, नेपाली भाषा, मातृ भूमिनेपालको माया र समसामयिक परिस्थितिको बारेमा आ आफ्ना कविता बाचन गरेर सुनाउनु भएको थियो । बिना शर्माले भानुभक्तको योगदानमा कुनै संकागर्न सकिंदैन । ठूलो योगदान गर्नु भएको छ तर बधुशिक्षाले नारीहरुको सम्मानमा आँच पूर्याएको छ भन्ने भनाइ राख्नु भयो ।

नेपालमै नेपाली भाषाको महत्वमा ध्यान पुग्न नसकेको अवस्था छ । प्रवासमा रहेका नेपालीहरुलाई मात्रै बढी चिन्दा भएको देखिन्छ । यदी यसो हो भने के कारणले हो भन्ने विषयमा लामो छलफल भएको थियो । यस बिषयमा बाशु शर्मा कृष्णहरि गौतम इश्वर ढुँगेल कालीदास सुबेदी योगेन्द्र भट्टराई राजेन्द्र पराजुली राजेन्द्र केसी कमल कोईराला आदिले आआफ्नो धारणा राख्नु भएको थियो । भाषा भनेको कुनै पनि देसको प्राणहो । यसमा कला संस्कृति साहित्य जस्ता अनमोल कुराहरु लुकेका हुन्छन् । त्यसैले पनि भाषाको संरक्षण एक अपरिहार्य कुरा हो । भाषा लोप भयो भने हाम्रो पहिचानको लोप हुन्छ । अस्थित्वको लोप हुन्छ भन्दै छलफलमा आ आफ्ना भनाईहरु राख्नु भएको थियो । नेपालका सबै विधालयहरुमा सामाजिक शिक्षालाई नेपाली भाषामै पढाउने हो भने अवश्य पनि नेपाली भाषाको विकाश हुन सक्छ भन्दै तर्क राख्नु भयो ।

नेपाली राजदूतावासका प्रथम सचिवले आफ्नो मन्तव्य राख्दै यसरी प्रवासमा पनि साहित्यिक कार्यक्रमहरु राखेर नेपाली भाषा र साहित्यमा योगदान पुर्याउनु भएको मा आयोजकहरुलाई धन्यवाद दिनु भयो । नेपालीहरुको बसोवास पनि ठूलो हूँदै गएकोले पुस्तकालयहरु स्थापना गर्ने र आफ्ना वालवालिकाहरुलाई नेपाली भाषाका पुस्तकहरु पढ्न लगाउने । अरु भाषाका साहित्यकारहरु भन्दा नेपाली भाषाको साहित्य कम छैन । उच्चकोटीको छ भन्ने ज्ञान दिनु जरुरी छ । पुस्तकालय खोल्न र यस प्रकारका साहित्यिक कार्यक्रमहरुमा सहयोगका लागि नेपाली राजदूतावास सदैव तयार रहेको कुरा राख्नु भयो । गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा साहित्य उपसमितिले गत बर्ष देखि भानुजयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवसका रुपमा विश्व भरी नै मनाउन थालेको कुरा सुरेन उप्रेतीले राख्नु भयो । नेपाल प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा प्रवासमा रहेका कथाकारहरुलाई समेटेर कथा संग्रह प्रकाशन हुन लागेको कुरा पनि बताउनु भयो । त्यस्तै सबै महादेशहरुबाट नेपाली साहित्यका पुस्तकहरुलाई त्यहाँको स्थानिय भाषामा अनुवाद गरी प्रकाशन गर्न लागिएको र नर्थअमेरिकाबाट अंग्रेजी भाषाको कथा संग्रम चाँडै आउने कुरा जानकारी दिनु भयो ।

समाजका उपाध्यक्ष तारा उप्रेतीको सभापतित्वमा भएको उक्त कार्यक्रलाई समापन गर्दै व्यस्त समयमा नेपाली भाषालाई माया गर्दै उपस्थित हुनु हुने सबैलाई धन्यवाद दिंनु भयो । अटवामा नेपाली भाषाका छवटा कक्षाहरु र एउटा नेपाली क्रेडिटकोर्ष हाईस्कुलको पनि पढाई हुँदै गरेको कुरा जानकारी गराउँदै सबै वालवालिकालाई पढ्न प्रेरित गर्न अनुरोध गर्नुभयो । सबै नेपाली भाषी र नेपाली भाषालाई माया गर्नु हुनेलाई घरघरमा नेपाली भाषा नै वोल्न पनि अनुरोध गर्नु भयो । अनेसास क्यानडाका महासचिव सन्तोष बरालकव उर्जापूर्ण सन्चालनले सबैलाई मन्त्र मुघ्ध बनाएको थियो । कार्यक्रमको अन्त्यमा जलपानको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया