भारतमा सम्पन्न अलइन्डिया कोल्ड चेन सम्मेलनमा सुमार्गीको सहभागिता

इनेप्लिज २०७६ असार २९ गते १०:४२ मा प्रकाशित

 

भारतीय अलइन्डिया कोल्ड चेनमा नेपालको प्रतिनिधित्व गर्दै हेटौंडाका अरुणराज सुमार्गी सहभागी भएका छन् । सुमार्गी सहभागी सँगसँगै अलइन्डिया कोल्ड चेनमा उनी एसिया प्यासिफिक कोल्ड चेनको कमिटीमा सदस्य अनुमोदित भएका छन् ।

सुमार्गी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् । उनी नेपाल कोल्ड स्टोरेज एसोसिएसनका उपाध्यक्ष पनि हुन् । उक्त कार्यक्रममा कोरिया, इण्डोनेसिया, ओमन, रुस र चीनका पनि सहभागी रहेको सुमार्गीले बताए ।

दुई दिन चलेको सम्मेलनका दुवै दिन सुमार्गी स्पिकर रहे । त्यहाँ भारतमा कोल्ड चेनका अवस्था र चुनौती तथा समस्याबारे छलफल भयो भने अन्य देशको अवस्थाबारे पनि चर्चा गरिएको थियो ।

आगामी दिनमा त्यहाँका उत्पादन नेपालमा निर्यात गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघसँग सहमति भएको सुमार्गीले जानकारी दिए । उनले अब नेपालमा यसबारे सम्मेलन गरिने पनि बताए ।

संघीय सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल कोल्ड स्टोरेज कमिटीको आयोजनामा सेमिनार गर्ने तय भएको उनले जनाए । उनीले अर्को महिना भारतको मुम्बइमा हुने खाद्य तथा प्रेसिङ कार्यक्रममा सहभागी हुन निम्ता पाएका छन् ।

प्रतिक्रिया