सम्बन्ध व्यक्तिगत जीवनमा सबैभन्दा महत्त्वपूर्ण पक्ष हुन्छ । विश्वमा महिलाले पुरुषको तुलनामा आफ्ना पति या प्रेमीलाई जीवनकालमा धोका दिने गरेको तथ्यांकले देखाएको छ । दुईमध्ये एकले आफ्नो सम्बन्धमा असन्तुष्टि देखाउँदै जीवन अग्रगामी दिशामा जान नसक्ने भविष्य देखेपछि दुई ध्रुब फर्कने निधो गर्ने चलन समाजमा बढ्दो अवस्था भैरहेको छ ।
वि–वाह अर्थात् यसको शाब्दिक अर्थ बिशेष रुपले उत्तरदायित्वको बहन गर्नु हुन आउँछ । सबै धर्ममा विवाहको ठुलो महत्व हुन्छ । अन्य धर्ममा विवाह भनेको पति र पत्निका वीचमा एक प्रकारको सम्झौता जस्तो पनि हुन्छ ,जसलाई खास बिशेष अवस्थामा भत्काउन पनि सकिन्छ तर हिन्दु विवाहमा लोग्ने र स्वास्नी वीच जन्म–जन्मान्तरको सम्बन्ध हुन्छ जसलाई कुनै पनि अवस्थामा तोड्न सकिन्न ।
अमेरिकामा मात्र हैन नेपालमा पनि दोश्रो बिबाह भनेको एकदम सामान्य रुपमा लिइन्छ l तर स्मरण रहोस ,विश्व ब्यापी रुपमा आएको यो बाढीले हाम्रो जस्तो मुलुकमा पनि ठुलो बिकराल लिदैछ भन्दा कुनै आश्चर्य मान्नु पर्दैन । अमेरिकामा सम्बन्ध बिच्छेद घट्दो तर नेपालमा बढ्दो ।
अमेरिकन सामुदायिक सर्वेक्षणले गरेको अनुसन्धान तथा सर्वेक्षण अनुसार अमेरिकामा ४० बर्षको ईतिहासमा सम्बन्ध बिच्छेद न्यूनतम भएको तथ्यांक निकालेको छ । उक्त संस्थाले सन् २००८ देखि २०१७ सम्म गरेको अनुसन्धानमा त्यस्तो प्रतिबेदन निकालेको छ ।
अमेरिका जस्तो राष्ट्रमा यो शुभ संकेत हो । यसलाई अमेरिकन समाजले स्वागत गरेका छन् । अमेरिकामा सन् १९७९ मा सम्बन्ध बिच्छेद दर अत्यधिक रहेको थियो । जस्मा प्रत्येक एक हजार बिबाह गरेका दम्पत्तिमा २२.६ प्रतिसतले सम्बन्ध बिच्छेद गरेको आँकडा निकालेको छ । नेसनल सेन्टर फर फ्यामिली एण्ड म्यारिज रिसर्च एट बोलिंग ग्रीन युनिभर्सिटी( परिवार तथा बिबाहका लागि राष्ट्रिय केन्द्र अनुसन्धान ) मा गरिएको अनुसन्धानले देखाएको छ ।
सन् २०१७ सम्म उक्त सम्बन्ध बिच्छेद हरेक एक हजार दम्पत्तिमा १६.१ प्रतिसतमा झरेको छ । जुन उच्चतम बिन्दु बाट २९ प्रतिशत कम र ४० बर्षको ईतिहास मै न्युनतम रहेको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार ढिलो बिबाह गरेको कारण यस्तो परिणाम हुन् सक्ने जनाएका छन् । अनुसन्धान बिभागका सह निर्देशकले अब उनीहरु यस्तो गल्ति गर्न चाहदैनन् भनेकी छिन । जति कलिलो उमेरमा जोडी बन्यो त्यति नै छिटो सम्बन्ध बिच्छेद हुने अनुसन्धानकर्ताको ठम्याई छ भने सन् १९६३ मा औसत रुपमा महिलाहरुले २० बर्षको उमेरमा बिहे गर्थे ।
सन् २०१७ सम्म २७ बर्षको उमेरमा महिलाले र पुरुषले २९ बर्षमा बिहे गर्ने गरेको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा १५ देखि २४ बर्षका उमेरका संग गरिएको सर्वेक्षणमा ४३ प्रतिसत न्युनतम भएको जनाएको छ ।
सन १९९० मा गरिएको बिबाहमा एक हजार मध्ये ४७ जोडीको सम्बन्ध बिच्छेद भएको आंकडाले देखाएको छ भने सन् २०१७ सम्म गरिएको सर्वेक्षणमा एक हजारमा केवल २७ जनाले मात्र सम्बन्ध बिच्छेद गरेको आँकडा छ ।
यसको साथै २५ देखि ३४ बर्ष सम्म उमेरका दम्पत्तिलाई गरिएको सर्वेक्षणमा एक हजार बिबाह मध्ये ३३ जना बाट घटेर २३ प्रतिसत सम्बन्ध बिच्छेद हुन् पुगेको छ । करिव यो हिसावले ३० प्रतिसत कम हुन् पुगेको छ ।
यसै गरि ३५ देखि ४४ बर्ष सम्म उमेरकामा २३ बाट २१ प्रतिसत मात्र सामान्य रुपमा घटेको छ भने ४५ देखि ५४ बर्ष उमेरका दम्पत्तिमा एक हजार मध्येमा १३ देखि १५ ले बढेको छ ।
तथ्यांकले ५० बर्ष भन्दा माथिका उमेरमा सम्बन्ध बिच्छेद हल्का बढेको देखाएको छ । ५५ देखि ६४ बर्ष उमेरका दम्पतिमा एक हजार मध्येमा ५ देखि बढेर १५ जना सम्बन्ध बिच्छेद गर्ने प्रवृति झांगिएको छ ।
यसै गरि जेष्ठ नागरिक उमेर पुगेकाहरुमा १.८ बाट बढेर ५ प्रतिसत वृद्धि भएको छ । अनुसन्धान तथा सर्वेक्षणका अनुसार दोश्रो बिबाह सम्बन्ध बिच्छेद हुने अझ खतरा तथा जोखिम रहेको अनुसन्धानकर्ताले जनाएका छन् ।
तस्बिर :बिमल नेपाल
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया