शरीरमा ५ केजी सुन लगाउने अनाैठा व्यक्ति

इनेप्लिज २०७६ असार २७ गते १०:०८ मा प्रकाशित

मान्छेका शौख र ईच्छाहरु पनि अचम्मका हुने गर्छन् । त्यस्तै मध्ये एकजना भारतीय युवा जसले आफ्नो शरीरभरि सुन लगाएर हिड्ने गर्छन् । सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर यथार्थ भने यही हो ।

इन्डिया टुडेका अनुसार, भारतका एक मध्यम वर्गीय परिवारका प्रशान्त लक्ष्मण सप्कलले शरीरका लगभग सम्पूर्ण भागमा सुनको प्रयोग गरेर सबैलाई चकित पारेका छन् । उनी व्यापारी हुन् भने गरिब मानिसहरुका लागि एक संस्थाद्धारा कल्याणकारी कार्य गर्दछन् । उनी भन्छन्, “सुनसँग मेरो सानैदेखिको अधिकतम लगाव तथा मोह थियो ।”

उनी सधैँ लगभग कम्तीमा ५ केजी सुन लगाएर हिड्ने गर्छन् । उनको निकै महँगो स्पोर्टस् जुत्तामा स्टडहरु समेत सुनको छ, दशै औँलामा औँठी छन्, हातमा सुनकै बाला, घाँटीमा बाक्लो सिक्री, एउटा सुनको घडी र आइफोनको कभर पनि सुनकै छ । उनले सन् २०१८ देखि यसरी सुनको प्रयोग गरेर हिँड्न थालेका हुन् । उनी जहाँ जान्छन् त्यहाँ आकर्षणका केन्द्रविन्दु बन्ने गरेका छन् ।

प्रतिक्रिया