अमेरिकाब्यापी टेलिफोन कविता वाचन कार्यक्रम हुने

इनेप्लिज २०७६ असार २६ गते २३:५९ मा प्रकाशित

गत दुइ बर्षको लगातार अपार सफलता पछि, यस बर्ष पनि महानन्द सापकोटा अमेरिकाब्यापी टेलिफोन कविता वाचन कार्यक्रम हुने भएको छ ।

भाषाशास्त्रि, साहित्यकार तथा समाज सुधारक महानन्द सापकोटाको जन्मजयन्तीको उपलक्ष्य पारेर आयोजना गरिने सो कार्यक्रममा अमेरिका तथा क्यानाडा बस्ने कवि, कवियत्रीहरुलाईआफ्नो रचना पठाउन आयोजकहरुले अनुरोध गरेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अ.ने.सा.स.) अन्तरराष्ट्रिय तथा अ.ने.सा.स. जोर्जिया शाखाको संयुक्त प्रस्तुतिमा हुने सो कार्यक्रममा गीत, गजल, मुक्तक, कविता, हाइकु आदि जे जस्तो रचना पनि पठाउन सकिने आयोजकले जानकारी दिएका छन् ।

सो कार्यक्रममा गत बर्ष पचास जना भन्दा बढी सर्जकहरुले आफ्नो रचाना वाचन गर्नुभएको थियो।

“आउदो जुलाई २८, २०१९, आइतबार अमेरिकी पूर्बिय समय साँझ ७ बजे हुने सो कार्यक्रममा वरिष्ठ साहित्यकारहरु मोहन सिटौला, महेश प्रसाईं, अनेसास केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली, अनेसास बिओटी उपाध्यक्ष पदम बिस्वकर्मा लगायत विभिन्न अथिति साहित्यकार हरुले भाग लिने कुरा अ.ने.सा.स. जोर्जिया शाखाका अध्यक्ष्य श्री किरण मानिकेले हामीलाई बताएका छन्।

“नेपाली भाषामा २०० शब्द नबढाई लेखिएको आफ्नो रचना जोर्जिया शाखाको इमेल ठेगाना [email protected] मा पठाउन सकिने र टेलिफोन बाट आफ्नो रचना सम्पूर्ण उपस्थितहरुमाँझ स्वयं सर्जकले नै वाचन गर्ने व्यवस्था रहेको कुरा अध्यक्ष्य मानिकेले जानकारी दिएका छन्।

गत बर्षहरुझै यो पटक पनि कार्यक्रमको संयोजन जर्जीया निवासी वरिष्ठ समाजसेवी डा. सन्जीब सापकोटा ले गर्नुभएको छ। यो पटकको रचना वाचन कार्यक्रममा पनि मा जति सक्दो धेरै सर्जक साहित्यकारहरुका रचना वाचन हुनेमा आफु ढुक्क रहेको कुरा अ.ने.सा.स.जोर्जिया का महासचिब डा. सुशील राज पौडेलले बताउनु भएको छ।

प्रतिक्रिया