आइतबार, असार २२, २०८२ काठमाडौं २०:३८ वासिङटन डिसी 10:53

  • होमपेज
  • समाचार
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • साहित्य
  • अन्तर्वार्ता
  • स्वास्थ्य चासो
  • भिडियो
  • ENGLISH

हरेक घर परिवारको कहानीलाई गीत बनाएर गाए, मान्छे पनि रुवाए रामप्रसाद खनालले !

इनेप्लिज २०७६ असार २६ गते २१:५१ मा प्रकाशित

 

राधा शर्मा
अग्रज लोक गायक रामप्रसाद खनालले अमेरिकाबाट नेपाल आएर फेरी अर्को मान्छेको मन छुने गीत रिलिज गरेका छन । हरेक घर परिवारको कहानी लाई गीत बनाएका खनालले आफ्नै शब्द र स्वरमा गाएको यो गीतको भिडियो रिलिज भएपछी दर्शक श्रोताहरुले यो गीतले मेरो मुटु  छोयो, मैले आँसु रोक्न सकिन भन्दै सामाजिक सन्जालहरुमा कम्मेन्ट समेत गर्न थालेका छन ।

३ हप्ता अघि पञ्चेबाजाको मौलिक लोक दोहोरी “दुलाहा दुलही” रिलिज गरेका खनालले उक्त गीतबाट वाहवाही पाइरहेका छन भने भर्खर रिलिज भएको यो गीत मान्छेको मन मुटु छुने प्रकारको छ । हरेक घर परिवारको कहानीलाई टपक्क टिपेर गीत बनाएका र गाएका खनालको यो गीत स्लो मोसनको तर सदाबहार रहने प्रकारको गीत बनेको छ ।

खनालले आफ्नो यो गीतमा धेरै कलाकारहरु समेत समेटेका छन अभिनयमा । गायक गायिका देखी कलाकार सम्म दर्जन भन्दा बढीले अभिनय गरेको यो गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन ।
गीतका केही हरफ यस्ता पनि छन:
बाहिर बाट रेखदेख गर्ने हुँदा रहेछन बाबु मात्र
आफ्नै प्राण भन्दा बढी माया गर्ने आमा मात्र
दाजु पराइ भैहाल्दछन भाउजु घरमा आए पछी
भाईहरु झनै टाढा बुहारी लाई ल्याए पछी ….
साथी भाई भनौं भने स्वार्थी धेरै हुँदारैछन
केहि न भए बुङ्गो भैयो भएको देखे रुँदारैछन
बाहिरबाट रेखदेख गर्ने हुदा रैछन बाबु मात्र…….

यि र यस्ता मन छुने शब्दहरु समेटिएको गीतमा निम्नानुसार कलाकारहरुको सहभागिता रहेको छ:

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका प्रस्तुत गर्दछ
रामप्रसाद खनालको बिशुद्ध पारिबारिक, सामाजिक, लोक आधुनिक गीति एल्बम ” घर घरको कहानी ”
गीतको बोल : बाहिरबाट रेखदेख गर्ने हुँदा रहेछन बाबु मात्र ….
शब्द: रामप्रसाद खनाल
स्वर: रामप्रसाद खनाल
संगीत: थानेश्वर गौतम
एरेन्ज: आशिश अबिरल
रेकर्डिङ्ग: राग रेकर्डिङ्ग
रेकर्डिस्ट: HBN किस्मत
निर्देशन : प्रकाश भट्ट
अतिथि निर्देशक : शिवहरी पौड्याल

कलाकार / अभिनय: रामप्रसाद खनाल, सुरबीर पण्डित, मन्जु पौडेल, पदम पौडेल, श्रीमती पौडेल, सरस्वती तिमिल्सिना, रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले, ईन्द्र जिसी, बिमल राज क्षेत्री, राजु पौडेल ( राजु मास्टर ), बिनोद केसी, लेखान्त भुसाल, सरस्वती फुयाल, यम क्षेत्री, अमृता लुँगेली मगर, नबिन पौडेल, ध्रुब ज्ञवाली,  साबित्रा पौडेल बाशीस्थ, जानकी ज्ञवाली, भीमा पौडेल नेपाल, महादेब अर्याल र अन्य कलाकारहरु
छायाँँकन: राजेश घिमिरे
भिडियो सम्पादन: बिष्णु शर्मा

प्रतिक्रिया

सम्बन्धित सामाग्री

“दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न, प्रियंका कार्की झल्किइन् भव्य सेटमा

ग्लोबल एक्सिलेन्सी अनरबाट कलाकार, पत्रकार एवम् व्युटिसियन सम्मानित

“ईनास राष्ट्रिय सम्मान २०२५”: नेपाली भाषा, कला, संस्कृतिको संवर्धन र प्रवर्धनमा समर्पित संस्थाका नेतृत्वहरुको गौरवपूर्ण सम्मान ! 

इमेलः [email protected]

© २०२२, सर्वाधिकार इनेप्लिज डट कममा सुरक्षित

दैनिक:

  • दैनिक नेपाल.कम
  • सेतोपाटी.कम
  • अनलाईन खबर
  • रातोपाटी.कम
  • बीआरटीनेपाल.कम
  • ई-कान्तिपुर
  • बाह्रखरी
  • गोरखापत्र
  • दि हिमालायन टाईम्स
  • डिसी नेपाल
  • अन्नपूर्ण पोष्ट
  • नयाँ पत्रिका
  • राजधानी
  • नागरिक दैनिक
  • रिपब्लिका
  • कारोबार
  • न्यूज अफ नेपाल
  • नेपाल जापान
  • अभियान दैनिक
  • नेप्लिजडायस्पोरा डटकम
  • संसारन्युज डटकम

रेडियो/ टेलिभिजन:

  • बीबीसी नेपाली सेवा
  • रेडियो नेपाल
  • हिट्स एफ. एम.

विविध:

  • नेपाली पोष्ट
  • नेपाल मदर
  • समकालीन साहित्य
  • खसखस
  • ग्लोब नेपाल
  • नेपाल २४ आवरस
  • एभरेष्ट टाईम्स न्युज
  • स्कट नेपाल.कम
  • नमस्ते यूरोप.कम
  • खसोखस.कम
  • टेक्सस नेपाल.कम
  • स्विस नेपाल.कम
  • खबरमाला डटकम
  • खबर सम्प्रेषण डटकम
  • असनेपालन्यूज डटकम

नेपाली युनिकोड:

  • नेपालीमा टाइप
  • प्रितिबाट युनिकोड
  • रोमनबाट युनिकोड