कोमल गज़ल:-परिमार्जन

इनेप्लिज २०७६ असार २५ गते १०:५९ मा प्रकाशित

बेहद छोटो छ जिन्दगानी
आखिर बन्छौँ सबै खरानी

आँसु र हाँसो छ चक्र जस्तै
खप्नु छ ठण्डी र घामपानी

दुर्लभ लाग्यो सुशान्ति,चैन
बित्दछ दुख्दै बरा जवानी

नश्वर चोला,उडेर जान्छ
तैपनि हुन्छौँ,असावधानी

साथ छ जाने,सुकर्म मात्रै
दुष्कृत आजै गरौँ फँडानी

भुल्दछ श्रद्धा कठोरताले
‘कोमल’ बन्दै,रचौँ कहानी

छन्द- सत्यवती
सूत्र- S।। SSI SIS S
(५अक्षरमा विश्राम)

-कोमल भट्ट
च.न.पा-१३,काठमाडौँ
हाल:- न्युयोर्क

प्रतिक्रिया