गायिका पुर्णकला विसीको आवाजमा ”विछोडको घाउ ” सार्वजनिक

इनेप्लिज २०७६ असार २३ गते ११:०२ मा प्रकाशित

प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक विरेन्द्र एच वि र गायिका पुर्णकला विसीको आवाजमा निकै मार्मिक लोकदोहोरी गीत ”विछोडको घाउ ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

प्रेमी छोडि दिदाँ मनमा पिडा हुने र आफनो विगतको मायाले सताउने गरेको कुरा गायिकाले ब्यक्त गरेकी छन । विछोडको घाउले आजको अवस्था सम्मपनी पोलि नै रहेको गायक ले बताएका छन ।

हरिष विसीको शब्द तथा विरेन्द्र एच विको लय सिर्जनामा निकै मार्मिक रुपमा गीत तयार गरिएको छ । मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”विछोडको घाउ ” गीतको भिडियोमा साया भण्डारी र आसिर प्रतापको अभिनय रहेको छ ।
”विछोडको घाउ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

प्रतिक्रिया