रिमा र निराजन अभिनित उडेर जाऊँ भिडियो सार्वजनिक

इनेप्लिज २०७६ असार २३ गते ०:२० मा प्रकाशित

सरिता लिङ्देनको रचना रहेको ‘उडेर जाऊँ’ बोलको गीत यूटुबमा सार्वजनिक भएको छ ।मञ्जुल मितेरीको संगीत रहेको यस गीतमा बादल लिम्बूको संगीत संयोजन र अञ्जु पन्तको स्वर रहेको छ । त्यस्तै, सत्यराज चौलागाईंको निर्देशन रहेको यस गीतको म्यूजिक भिडीयोमा अहिलेका ब्यस्त कलाकारहरु रीमा बिश्वकर्मा र निराजन प्रधानले अभिनय गरेका छन् ।

आफ्नो पहिलो प्रश्तुतीस्वरुप हाईलाईट्स नेपालबाट गीत सार्वजनिक भएसँगसँगै छोटो समयमै यस गीतले पाएको दर्शक र प्रशंसाले आपूmलाई नेपाली सुगम संगीतमा अगाडी बढ्ने हौसला मिलिरहेको कुरा गीतकार सरिता लिङ्देनले बताउनु भएको छ ।

प्रतिक्रिया