२७ सय १३ जनालाई पछार्दै कृष्टिना गुरुङ भइन प्रेमगीत ३ की नायिका

इनेप्लिज २०७६ असार १९ गते १९:५८ मा प्रकाशित

घोषणा पूर्ब नै सर्वाधिक चर्चामा रहेको प्रेमगीत-३ का लागि नायिका चयन भएको छ । २७ सय १४ को अडिसनबाट उत्कृष्ट ठहरिएकी कृष्टिना गुरुङ चलचित्रकी नायिकामा चयन भएको आइतबार घोषणा गरिएको हो ।

अन्तिम २५ मा पर्न सफल भएकाहरुको कठिन अडिसन गरिएको थियो जसबाट नायिका (गीत) पात्रलाई न्याय दिनसक्ने निर्णायकको मत अनुसार गुरुङ छनौट भएकी हुन् ।

आसुसेन फिल्मको व्यानरमा निर्माण हुने प्रेमगीत ३ मा नेपालका पहिलो पुस्ताकादेखि नवकलाकारसम्मको मिश्रण रहने छ । नायक शिव श्रेष्ठ, सुनील थापासंगै प्रदीप पौडे, नवनायक मनिष राउतका साथमा अन्य थुप्रै कलाकारहरुको अभिनय रहनेछ ।

प्रतिक्रिया