अमेरिका भित्रै लुकेका र लुकाइएका नेपालीहरूका कथा !

महेश भट्टराई ,मेरिल्याण्ड, २०७६ असार १९ गते १५:५३ मा प्रकाशित

कर्ण शाक्य लेख्नुहुन्छ “ बिदेशमा समुन्द्र र शहरका ठुला घर अगाडि कालो चस्मा ढल्काएर खिचिएको फोटो मात्र हैन बिदेशका दुख कष्टका कुराहरू पनि लेख्नु ।”

आज म अमेरिकाको दुख र ओजेल परेका कुराहरू खोतल्ने प्रयत्न गर्दैछु ।

शुख सुबिधाका कुराहरू त छताछुल्ल छदैछ । कृपया यो लेख सकारात्मक रूपले पढि दिनु हुन बिनम्र अनुरोध गर्दछु । म ति सफल ब्यबसायी वा पढे लेखेका धनिहरू वा करिब दश प्रतिशत नेपालीहरू जसले राम्रो सफलता हासिल गरेर शुख संग अमेरिकामा बसिरहेका छन को कथा लेखि रहेको छैन ।

म आम नेपाली अमेरिकन करिब ८०-९० प्रतिशत नेपाली जसले घन्टा हानेर सरदर बर्षमा २०-२५ हजार कमाउछन हरूको कथा लेख्दैछु ।

सपनाको शहर अमेरिका जान पाए त के के न गर्थे वा हुन्थ्यो भन्ने नेपाली हरू धेरै छन । आज पनि चालिस पचास लाख खर्च गरेर, कुनै कार्यक्रममा सहभागी हुन आयोजक लाई पैसा बुझाएर, नेता वा मन्त्रीको भ्रमणमा पछि लागेर, पर्यटक भिषामा छिरेर लुकेर बस्ने, तेस्रो मुलुक बाट छिर्ने जस्ता धेरै छन ।

निकै हुने खानेहरूको छोराछोरी पनि धेरै बिध्यार्थिहरू भिषामा आएर काम मै जोतिएको बसेका छन । एस्ट्रा अर्डिनरी भिषामा छिरेकाहरूतो कथा पनि उस्तै दुख लाग्दो छ । डिभि परेर आउने सिगल युवायुवती र झिली झाम्टा बोकेर आउने परिवारको दुख आफ्नै छ।

ब्यापार ब्यबसाय गर्नेको ऋण, समय, पैसा, परिबारको कथा आफ्नै छ ।

जे देखिन्छ, सोचिन्छ, सुनिन्छ वा कल्पना गरिन्छ जस्तो बिल्कुलै छैन अमेरिका !

म केहि भित्री कथा र ब्यथाहरू कोट्याउने कोशीश गर्दैछु।

१. जति नै धनि वा डलर बोकेर आए पनि दुई चार महिना अरू कै लिभिड रूममा सुत्नु वा मिलेरै बस्नु पर्ने हुन्छ । किनकी कानुनी आम्दानीको स्रोत र भाडा तिर्न सक्ने क्षमताको प्रमाण बिना कोठा भाडा पाइदैन ।

२ . सिगंल भएमा दुई चार साथी भाई मिलेर बस्नु बाहेक अर्को बिकल्प हुदैन । किनकी सिगल बस्न आर्थिक क्षमताले भ्याउदैन ।

३ . कामको ज्याला घन्टाको न्युनतम बाट शुरू हुन्छ ।प्राय धेरै काम इन्डियन वा नेपाली कै स्टोरबाट शुरू हुने हुनाले अंग्रेजी सिक्ने भन्दा बिग्रने बढि हुन्छ ।

४ . नेपालको योग्यता, अनुभव र पढाई प्राय काम लाग्दैन र बाच्न जिरो बाट शुरू गर्नु पर्ने हुन्छ ।

५ . प्राय घर बेकार बस्न भन्दा हप्तामा सत्तरी असि घन्टा सम्म घन्टा हानेरै दुई चार सय डलर बढि कमाउने चलन हुन्छ । नेपालको ऋण र खर्च धान्न पनि बाध्य हुन्छन । समय निकै टाइट हुन्छ।

६ . कम्तिमा एक बर्ष जति ड्राईभर लाइसेन्स निकाल्न र गाडी किन्न समय लाग्छ । त्यस बेला सम्म काम र बजार जान निकै दुख कस्ट खेप्नु पर्ने हुन्छ । हिऊ, जाडो, गर्मी सबै समयमा बाहिर निस्कन दुख पाउनै पर्छ ।

७ . बिस्तारै घर खर्चहरू क्रमश बढ्दै जान्छ । घर भाडा/ मोर्गेज, फोन, इ नेट, केबल, ग्यास, कार लोन, खाना …आदि ।कमाएको पच्चिच तिस प्रतिशत त कर नै बुझाउनु पर्छ ।

८ . काममा आठ/बाह्र घन्टा ठिगं उभिएर मेसिन म्यान भै काम गर्नु पर्ने हुन्छ । बस्ने भनेको वाथरूममा वा लन्च खादा मात्र हो । जागिरको कुनै ग्यारन्टी हुदैन । फायर हुने डरले खटेरै काम गर्नु पर्ने हुन्छ । थकानको त कुरै नगरौ ।

९ . सानो स्टोर, नेपाली, इन्डियनको काम गर्दा बिदा र अन्य सुबिधा केहि पाइदैन ।ब्यबहारले नेपाली पारा देखाई हाल्छन । भबिष्य सुरक्षित नभै अन्धकार नै हुन्छ ।

१० . एउटै एपार्टमेन्टमा बस्ने नेपाली नेपाली बिच पनि ब्यस्तताले प्राय भेटघाट र बोलचाल हुदैन वा धेरै बोल्न र भेटघाट गर्न चाहदैनन ।धेरैले त अमेरिकन पारा झार्छन ।

११ . बच्चा भएका परिवारहरूमा बुढाबुढीले रिले दौड झै काम गर्नु पर्ने हुन्छ ।देख, भेट र राम्ररी कुरा गर्ने फुर्सद वा समय मिल्दैन ।

१२ . न्यूयोर्क जस्तै ठुला शहरहरूमा एउटै कोठा कोच्चियर, बाथ रूममा लाइन लाएर बस्नेहरूको कथा अझै दुख लाग्दो छ।

१३ . बच्चाहरू शुरूमा अंग्रेजी बोले भनेर मख्ख पर्छन । पछि उनको अंग्रेजी आफैले बुझ्दैनन । न त बच्चाहरूले नेपाली नै बुझ्छन न त ब्यबहार नै । पछुताउदा सम्म निकै ढिलो भै सकेको हुन्छ ।

१४ . बच्चाहरू खाने कुरामा पनि अमेरिकन नै खाने कुरा मन पराउछन र नेपाली खान छोड्छन । विफ वा जंक खाना नै मन पराउछन ।

१५ . धर्म, संस्कृती, हिन्दु परम्परा बाबुआमाले नै राम्ररी उत्तर दिन र बुझाउन नसके पछि बिस्तारै सबै पोलेर खान्छन।महत्व बिल्कुलै दिदैनन । Christmas, Thanksgiving मनाउन शुरू गर्छन र त्यसैमा बढि रमाउछन ।

१६ . छोराछोरी कै लागि देश छोडेर आएको कुरा दिनमा हजार पटक सुनाए पनि अमेरिकन चाल चालन बाटै प्रभावित हुन्छन ।सोहि अनुसार कै ब्यबहार गर्छन ।

१७ कत्ति नेपालीहरू आफ्नै घर, काम र शहर बाट दशक सम्म बाहिर निस्किएका हुदैनन, न त बाहिरि संसार देखेकै हुन्छन ।

१८ . आज पनि नियम कानुनको जानकारीको अभाबमा धेरै नेपाली परिबार भित्र शोषण र पिडा( Neglect/Abuse) संगै बाचिरहेको सुन्दा आश्चर्य लाग्छ ।

१९ . सक्दा सम्म हड्डि घोटेर घन्टा हानेर कमाउने वा बाच्ने कोशीश गर्छन । फुर्सदमा भबिष्य र बिग्रदै गरेको स्वास्थ्य संझेर अत्तालिने गर्छन ।

२० . बच्चा र कारको कारणले कत्ति घर परिवार रिले गेम खेले झै श्रीमान श्रीमती काम गर्छन । मुश्किलले मात्र राम्ररी भेटघाट र बोलचाल हन्छ ।

२१ . समय अभाव र फरक सिफ्ट कामले एकै घर र कोठामा बस्नेहरू संग पनि ब्रेक टाइममा फोनमा संन्चो बिसन्चो र दुख शुखको कुरा हुन्छ । कहिले काहि त महिनौ भेट सम्म हुदैन ।

२२ . नेपाल नेपाल भनेर मुटुमा दैनिक भुट भुटाएर समाचार हेरेर फर्कने कुरा गरे पनि यतिका बर्ष सम्म सोसियल, मेडिकियर, रिटायर्डमेन्ट (करिब पच्चिस प्रतिशत तलब बाट काटेको) छाडेर जान सक्दैनन । न त छोराछोरी र नातीनातीना संग टाढा रहेर बाच्ने नै सक्छन ।

२३ . सपनाको शहरको दल दलमा भाषिएर आफ्नो बर्तमान र भबिष्य लाई दाऊ लगाएर छोराछोरी हरू पूर्ण अमेरिकन नागरिक बन्ने छन । एक दिन नेपाली एका देशको कथा वा इतिहास बन्नेछ ।

“ के सोचे मैले के भयो अैले” भने झै समय संगै बिस्तारै बिदेशिएका हरू बिदेश मै हराउने छन ।
नेपालीहरूको यो रहर होइन बाध्यता हो भन्ने कुरा देशको अबस्था र परिस्थिती ले छर्लगै पुष्टि गरि सकेको छ ।

सपनाको देश, बिकशित देश अमेरिकामा नेपालीको हालत त यस्तो छ भने अरब र अन्य देशहरूमा नेपालीको अबस्था कस्तो होला ?
कल्पना सम्म गर्न सकिदैन ।

जब सम्म राज्यले यो सत्य तथ्य राम्ररी बुझेर दिर्घकालीन योजना गराउदैन यो क्रम जारी नै रहनेछ

प्रतिक्रिया