क्यानेडियन नेवाः गुठी द्वारा ” सर्बाङ्गिण दीगोपना ” सम्बन्धि सम्मेलनमा गुथि सम्बन्धि प्रस्तुति

इनेप्लिज २०७६ असार १९ गते ५:४६ मा प्रकाशित

टोरोन्टो, “सर्बाङ्गिण दीगो बिकाश संजाल”को आयोजनामा टोरोन्टो बिस्वबिद्यालयमा आयोजित एक दिने सम्मेलनमा क्यानेडियन नेवाः गुठीले सहभागिता जनाएको छ। सो कार्यक्रममा क्यानेडियन नेवाः गुठीका उपाध्यक्ष उत्तम माकजुले गुठी प्रणाली बारे परिचय दिनु हुदै दिगोपनाको मूलभूत आधार नेवाः समुदायले आफ्नो संस्कॄति तथा मठ मन्दिर जगेर्ना गर्न परापूर्बकाल देखि अंगाल्दै आएको गुठी प्रणाली नै हो भन्नु भयो। नेवाः समुदायको रितिथिति, जात्रा, पर्ब , सम्पदा सबै गुठी प्रणालीमा आधारित रहनुको साथै नेवाः खाना स्वास्थबर्धक, पौष्टिक र बाताबरण संग संबन्धित भएको तथ्य पनि वहां`ले बताउनु भयो ।

साथै वहाँले हालै नेपाल सरकारबाट प्रस्तुत गरेको गुठी संसोधन विधयेक गुठी प्रणालीको निरन्तरतामा आँच आउने भएकोले संस्कृति प्रेमि जनताहरुले सो विधयेक खारेज गर्नु पर्ने माग राखीआन्दोलन गरे पछी सरकारले सो विधयेक फिर्ता लिएको छ भन्नु भयो।

कार्यक्रममा क्यानेडियन नेवाः गुठीका उत्तम माकजु, नरेश ताम्राकार, रिकेश श्रेष्ठको समुहले धिमे बाजा बादल , मादल परिचय तथा गीत प्रस्तुत गरेका थिए भने अरु टोलिले नॄत्य, गीत प्रस्तुत गरेका थिए।

सो कार्यक्रममा बिभिन्न बिस्वबिद्यालयका प्राध्यापक, सामाजिक कार्यकर्ता, अनुसन्धानकर्तहरुले दीगो ब्यबस्थापन, हावापानी परिबर्तन, समानता, युबाहरुको भूमिका लगायत्का बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रतिक्रिया