आख्यानकार गगनसिंह थापाको पाँचौ कृति ” उज्ज्वली ” बिमोचन हुँदै

इनेप्लिज २०७६ असार १८ गते १०:३९ मा प्रकाशित

 

 

काठमाडौं । आख्यानकार गगनसिंह थापाको पाचौं कृति ” उज्ज्वली” को यहि शुक्रवार काठमाडौंमा वरिष्ठ साहित्यकार डा . ध्रुबचन्द्र गौतम बाट एक सार्बजनिक कार्यक्रममा बिमोचन हुदैछ । यस अघि सोह्र सौगात ( संयुक्त लेखनमा कथा सङ्ग्रह ) र कर्णालीको छेउछाउ , मेरो मधुशाला ,पू्र्खाको चिट्ठी उपन्यासहरु प्रकाशित भइ सकेका थापाको यो पाचौं कृति हो ।

कार्यक्रममा प्रसिद्धलेखकहरु नयनराज पान्डे , महेशबिक्रम शाह र निलम कार्की ” निहारिका” ले पुस्तक माथी टिप्पणी गर्ने छन । बुक्सेलर प्रकाशक रहेको पुस्तकको बिमोचन कार्यक्रमको संयोजन किरण क्रीयसन र शब्दघरले गर्दैछन ।

सुदुर पश्चिम नेपालको जातिय विभेद मुल कथानक रहेको यो पुस्तक लघु उपन्यास हो ।

 

प्रतिक्रिया