नेपाली बोल्ने अचम्मको रोबट | Robot by Love-Kush Twins Brothers

इनेप्लिज २०७६ असार १८ गते ०:०८ मा प्रकाशित

बुटवलका जुम्ल्याहा दाजुभाइ लव पन्थी र कुश पन्थीले नेपाली भाषामा कुराकानी गर्ने रोबोट बनाएका छन् । उनीहरुले रोबोटलाई ‘लवकुश मार्स’ नाम दिएका छन् । मार्सको अर्थ मंगल ग्रहमा हिँड्ने रोबोट हो। त्यसकै प्रभावमा रहेर उनीहरूले यो रोबोट तयार गरेको बताएका छन् ।

जुम्ल्याहा दाजुभाइले एक वर्षअघिमात्रै गो–गो रोबोट बनाएका थिए। जसले अंग्रेजी भाषा बोल्थ्यो। एक वर्षको प्रयासपछि मार्स तयार भएको हो। एसईई परीक्षा दिएपछिको समयमा उनीहरूले यो रोबोट तयार पारेका हुन्। दाजुभाइ बुटवलको नवीन औद्योगिक माविमा पढ्छन्। यो रोबोटले मानिसको पहिचान समेत गर्छ। ‘यो रोबोट गो–गोभन्दा फरक छ। बनोट र गतिविधि नै फरक पारेका छौं’, लवले भने।

रोबोटमा पाइथन प्रोग्रामिङ ईन ल्याङवेजद्वारा बनाइएको लुकु सफ्टवेयर प्रयोग गरिएको छ। रोबोटमा हाईभोल्टेज मोटर, हाईस्पीड प्रोसेर, एल्मुनियम पनि प्रयोग गरिएको छ। दाजुभाइले यो रोबोटको ‘प्याटेन्ट राइट’लाई उद्योग विभागमा दर्ता गराएका छन्। ‘यो प्याटन्ट गरेपछि अरू कसैले पनि नेपालकै पहिलो नेपाली बुझ्ने रोबोट भनेर दाबा गर्न सक्दैनन्’, कुशले भने।

नेपाली भाषा बोल्ने रोबोटले हात, टाउको चलाउन सक्छ भने फोटो खिच्ने, मान्छे चिन्ने, रंग पत्ता लागउने, शब्द उच्चारण गर्छ। यो रोबोट पांग्राको मद्दतले हिड्ने गराइएको छ। ‘ रोबोटलाई सपिङ मल, बैंकमा सुरक्षागार्डका रूपमा प्रयोग गर्न सकिन्छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=ZCodVsA02MY

प्रतिक्रिया