जीवन बिमा (Life Insurance )- सुवास ढकाल

इनेप्लिज २०७६ असार १६ गते १०:२९ मा प्रकाशित

एक शब्दमा भन्नु पर्दा बिमा भनेको सुरुक्षा (Protection ) हो । हामी विभिन्न कुराहरुका लागि सुरक्षा किनी रहेका हुन्छौ । घरका लागि, गाडीका लागि , स्वास्थ्यका लागि त किनी रहेका नै छौं, आजकल त अलि महंगा सामानहरु जस्तै फर्निचर, फोन एवं अन्य उपकरणहरु का लागि पनि किनिरहेका हुन्छौ ।

सामान किन्दा केहि न्युनतम मुल्य तिर्दा एउटा निश्चित समयका लागि सुरक्षा उपलब्ध हुञ्छ, यदि त्यो समयमा केहि भएमा त्यो सामान बुझाएर पु:न प्राप्त गरिन्छ ।यो भनेकै सुरक्षाको अवधारणा हो, जसमा धेरै उपभोक्ता संग थोरै मूल्य जम्मा गरेर अप्ठ्यारोमा परेका उपभोक्ताहरु लाइ सहयोग गर्न सकिन्छ । त्यो अप्ठ्यारोमा भोलि जो पनि पर्न सकिन्छ । धेरै थोरै पर्लान तर जो कोहि पनि हुनसक्छ । यदि सबैजना पर्ने हो भने त सुरक्षा दिनेले दिनै सक्दैन नी । त्यति बराबरकै मुल्य तिरेर मात्रै त्यो लिन सकिन्छ । यस अर्थमा भन्नु पर्दा बिमा सबैको सामाजिक दायित्त्व पनि हो ।

हामी धेरै कुरामा सजग छौं, तर जीवन बिमाका बारेमा भन्नु पर्दा, यो पक्ष भने अझ उपेक्षित छ | नबुझेर हो कि, बुझाउनेले नबुझाएर हो कि, आ मरेपछि जोसुकै राजा भन्ने सोचले हो कि । कहीं, कतै त कमजोरी छ, बुझाउने को होस् अथवा बुझ्ने को। हामी भौतिक वस्तु को सुरक्षाका बारेमा त यति सजग छौं भने जीवन जस्तो अमुल्य कुरामा भने किन एस्तो खेलवाड होला । हामीले सोच्नु जरुरि छ । एउटा व्यक्ति नितान्त एक्लो हुदैन, उसंगै धेरै जीवनहरु जोडिएका हुन्छन, उ त्यो बन्नुमा धरै जीवनहरुको योगदान हुञ्छ । तेसैले उसको जीवन उसको मात्र जीवन होइन । कति अमुल्य छ त त्यो जीवन । तेस्को सुरक्षा चाहिदैन त ? अवश्य चाहिन्छ, १ नम्बरमा चाहिन्छ ।

व्यापार-व्यवसाय उपभोक्तामुखी हुनुपर्छ, उपभोक्ताको हितका लागि हुनुपर्छ, उपभोक्ताको उपभोगका लागि हुनुपर्छ । अझ सेवामुलक व्यवसाय त झनै उपभोक्तामुखी हुनुपर्छ । सेवा प्रदायक पनि विषयको जानकार हुनुपर्दछ अनि उपभोक्ताले पनि सबै कुराको जानकारी लिएर मात्र सेवा लिनपर्छ । बुझाउनेले बुझाउनु जरुरि छ अनि बुझ्नेले पनि बुझुन जरुरि छ । जीवन बिमाको पक्षमा भने कहिँ कतै भुल्चुक भएकै छ । बुझाउने मान्छेले आकर्षक कमिसनको प्रलोभनमा परेर गलत बुझाई दिए भन्ने पनि सुनिनमा आएको छ । कुराहरु जहिले पनि साधारण हुन्छन हामी नै तेस्लाई घुमाउरो बनाउछौ, गलत व्याख्या गर्छौ ।जीवन बिमा पनि साधारण छ, एउटा अस्थाई (Temporary ) अर्को स्थाई (Permanent ) | अस्थाई विशुद्ध जीवन बिमा हो , जीवन पश्चात आफ्नाले बिमा रकम प्राप्त गर्दछन् भने स्थाईमा आफैले पनि रकम प्राप्त गर्ने सुबिधा हुञ्छ । यी सबै बारेमा सरलरुपमा सबैले बुझ्ने जानकारीहरु म क्रमश : लिएर प्रस्तुत हुने नै छु । आजलाई भने आफ्नै जीवनका बारेमा सोचौं | किन यो जरुरि छ त्यो पनि सोचौं ।

अझ हामी भर्खर नेपाल बाट बसाइ सरेर आएका छौं भने त झन् जरुरि छ । जीवनको बारेमा सोच्दा अलि अर्को तरिकाले पनि सोच्नु पर्छ । फ्याट्ट मलाई केहि भो भने मेरो परिवारको क होला ? श्रीमान श्रीमती दिन रात एक गरेर बल्ल बल्ल जीवन यापन गरि रहदा कोहि एक को कमीले कति को बज्रपात ल्याउला त्यो त सोच्ने पर्छ । आफुले सक्ने रकम तिरेर सहि मान्छे संग सम्पर्क गरेर जीवन बिमा त गर्ने पर्छ ।

समय संगै जीवन बिमाका विभिन्न रुपहरु आएका छन् ति बुझेर आफुलाई उपयुक्त हुने सुरक्षा लिएर राख्नु पर्छ । भर्खरै बसाइ सरेकाका लागि एक किसिम को सुरक्षा चाहिएको हुञ्छ भने लामो समय बसी आर्थिक अवस्था मजबुत भएकाहरुका लागि अर्को किसिमको ।

आर्थिक अवस्था मजबुत भएपछी विभिन्न खाले कर्जाहरु पनि लिन थालीन्छ, दायित्व पनि बढ्न थाल्छन। त्यो हेरर पनि कस्तो खाले अनि कति सम्मको जीवन बिमा गर्ने त्यो पनि निर्धार गरिएको हुन्छ ।

आजको अंकमा कति जतिको जीवन बिमा गर्नु पर्छ त्यो बारेमा सरल जानकारी दिन चाहन्छु |। एउटा तरीका छ – Dime Methode ।D – Debt , I – Income , M – Mortgage , E – Education । विभिन्न कर्जाहरु कत्ति छ, १० वर्ष अथवा एउटा निश्चित समय सम्म कमाउने आम्दानी कति हो, घरकर्जा कत्ति बाकी छ अनि सन्तानको पढाईको लागि लाग्ने रकम कति हो । यी सबैको योगफल बराबरको जीवन बिमा गरेर सुरक्षित भएर बस्न सकिन्छ । यस्ता विभिन्न जानकारीहरु लिएर म पु : न प्रस्तुत हुनेछु आजलाई भने यतिनै ।

प्रतिक्रिया