एनआरएनए युगान्डाको अधिवेशन सप्पन्न ,अध्यक्षमा थापा निर्वाचित

इनेप्लिज २०७६ असार १५ गते १३:४६ मा प्रकाशित

गैर आवासीय नेपाली संघ, रास्ट्रीय समन्वय परिषद युगान्डाको अधिवेशन गत जुन १७ तारिकका दिन शनिबार सम्पन्न भएको छ । २०१७-१९ कार्यकालमा अध्यक्ष र उपाध्यक्ष रहदै आउनु भएका द्वय राजमणी भण्डारी र बिनोद थापा २०१९-२१ कार्यकालका लागि दाबेदार उम्मेदवारीका रुपमा प्रस्तुत भएका वहाँहरु ११ मतले भण्डारी पछि पार्दै थापा बिजयी भएका हुन् ।

पर्यवेक्षक जिभनाथ पंगेनी ब्यवस्थापक नरेन शर्मा र संयोजक रमेश कंडेल गरि ३ सदस्यीय निर्वाचन समितिले सदस्यताका आधारमा ८२ मतदाता रहेको युगान्डामा ४५ सदश्यको उपस्थितिलाई निस्पक्ष शान्तिपूर्ण मतदान गराउदै सम्पन्न गरेको थियो । राजमणी भण्डारीको पक्षमा १७ मत खसेको थियो भने बिनोद थापाका पक्षमा २८ मत ।

महिला संयोजकमा परेको २ वटा उम्मेदवारी मध्य निर्वाचन समितिले फिर्ता लिन दिएको समयमा स्वत: स्फुर्त मिल्ने समय र समाजसेवा प्रतिको आकर्षणलाई मध्यनजर गर्दै अहिलेको परिवेशमा आफु भन्दा बर्षा आचार्य छेत्री शर्मा योग्य रहेको भन्दै युगान्डामा अति मिलनसार महिला गरिमा बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

अन्य पदका लागि निर्बिरोध रहदै निम्न बमोजिम १५ सदस्यीय कार्यकारी समिती चयन भएको छ । समितिको अध्यक्षमा बिनोद थापा,उपाध्यक्षमा प्रेम श्रेष्ठ ;महिला उपाध्यक्षमा तारा गिरि ;महासचिवमा कमल दत्त भट्ट ;सचीवमा धनराज गिरि ;कोषाध्यक्षमा सन्जिभ शर्मा ;सह कोषाध्यक्षमा कल्पना अर्याल गैरे;महिला संयोजकमा वर्षा आचार्य छेत्री शर्मा ;युवा संयोजकमा तेजेन्द्र बिवस तथा प्रबक्तामा निमेष श्रेष्ठ निर्वाचित भएका छन् ।

यसै सदस्यका गणेश कार्की ;श्रवण झा ,रमा अर्याल ,तेज खड्का ,निक्कु के.सि ,सुनिल तामाङ उद्घोषक रहेको सो कार्यक्रममा कन्या बैदेही शर्मा, प्रगती गिरि र इसानी गैरेबाट पानसमा बत्ती बाली शुरु गरिएको थियो ।

त्यस पस्चात रास्ट्रीय गान गाउदै राजमणी भन्डारिको स्वागत मन्तब्य राखेका थिए । साथै महासचिव रमेश शर्माको गतिविधि प्रस्तुति, कोषाध्यक्ष मन्जुल पाठकबाट आर्थिक प्रतिबेदन पूर्व अध्यक्ष तथा निर्वाचन पर्बेक्षक जिभनाथ पंगेनीबाट प्रेरणादायक मन्तब्य राखेका थिए ।

हालका प्रमुख सल्लाहकार तथा निर्वाचन संयोजक रमेश कंडेलबाट एनआरएन ए परिचय मन्तब्य दिदै नयाँ समितिलाई स्वागत तथा दोसल्लाका साथ सम्मान गरेका थिए ।

२०१७-१९ कार्यकाल सम्पन्न गरेकालाई दोसल्लाका साथ सम्मान २०१७-१९ का निर्वाचन समिती तथा २०१९-२१ का निर्वाचन समितिलाई दोसल्लाले सम्मान गर्नुका साथै नव निर्वाचित अध्यक्षबाट समापन मन्तव्यका साथ अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया