वि.सं. २०७६ असार १५ गते आइतवारदेखि २१ गते शनिवार अर्थात ई.सं. २०१९ जुन ३० देखि जुलाई ६ सम्मको साप्ताहिक राशिफल

इनेप्लिज २०७६ असार १५ गते १२:३५ मा प्रकाशित

 

यस हप्ता खगोलमा सूर्य, शुक्र र राहु मिथुन राशिमा । मङ्गल र बुध कर्कटराशिमा । बृहस्पति वृश्चिकमा । शनि र केतु धनु राशिमा । चन्द्रमाले यस हप्ता वृष राशिदेखि सिंह राशिसम्मको यात्रा गर्नेछन् ।

मेषः
साता मध्यम फालदायी रहने छ । शुरुमा धनधातु तथा संचित कोषको अपव्यय नहोला भन्नसकिन्न । बोलीव्यवहारमा पनि सावधानी अप्नाउनु पर्ने देखिन्छ अन्यथा पछुतोमा पर्नसकिने भय छ । सामाजिक तथा परोपकारजन्य कार्यमा सहभागी हुन पाइने छ । आकस्मिक रुपमा अप्रत्यासित उपलब्धि भने हुने छ । मंगलवारबाट शारीरिक फुर्तिफार्ति एवं उमङ्ग बढ्ने छ । तर मुख्य ठानिएको काममा अबरोध आउने छ । सामान्य दैनिकी कामकार्य एवं व्यवसाय तथा पेशा भने ठिकै चल्नेछ । दाजुभाई वीचको बलह बढ्नसक्ने छ सावधानी अप्नाउनु होला । बिही र शुक्रवार पारिवारिक समस्या थपिनसक्ने सम्भावना छ । स्वास्थ्यमा पनि प्रतिकूलता नआउला भन्न सकिन्न । ख्यालख्यालमा कसैसँग झगडा पर्नसक्नछ संयम रहनुहोला । शनिवार स्थितिमा तसै सुधार आउने छ । बुद्धि फिर्ने र बौद्धिक विकास हुनजाने छ । यो साता तपाईले भगवान हनुमान, गुरुगणपति र माँ बगलामुखीको उपाशना तथा श्रद्धाभक्ति गर्नु शुभदायक हुनेछ ।

वृषः
साता उपलब्धिमूलक देखिएको छ । मानसिक एवं शारीरिक उमङ्ग बढ्ने छ । सामाजिक प्रतिष्ठा र मानसम्मान मिल्ने छ । लगानीको प्रस्ताव आउनसक्ने छ । अतिथिसत्कार तथा मेजमानी ग्रहण गर्न पाइने छ । मंगलवार पछि बोलीव्यवहारमा भने सावधानी अप्नाउनु पर्ने देखिन्छ । धनसंपत्तिको अपव्यय हुनसक्ने पनि सम्भावना छ ख्याल गर्नुहोला । सोँच एवं योजनाभन्दा बाहिरबाट आकस्मिक लाभ पनि मिल्ने छ । सामाजिक कामकार्यमा संलग्न हुन पाइनेछ । बिहीवारबाट शारीरिक पराक्रम बढेर आउने छ । विशेष काकमकार्यमा सफलता मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा विजय प्राप्त गर्नसकिने छ । प्रतिष्ठा तथा प्रख्याति बढेर जानेछ । साथसहयोग तथा समर्थन बढ्ने छ । समयको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । शनिवार भने समय केही विपरित अनुभव हुनसक्ने छ । जनव्यवहार आदिमा संयम अप्नाउनु उचित हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायण, भगवान श्रीहरि, महावीर हनुमान एवं भैरवदेवको भक्ति स्तुति तथा उपाशना गर्नु शुभ फलदायक हुनेछ ।

मिथुनः
साता मध्यम फलप्रद देखिएको छ । शुरुका दिनमा अल्लि सावधानी अप्नाउनु पर्ने देखिन्छ । घरायसी आवश्यकता बढ्ने हुनाले सञ्चित कोष खर्च हुनसक्ने छ । कामकार्यमा अड्चन आउने र अपयश हुनजाने पनि संभावना छ । धैर्यधारण गर्नु उचित हुनेछ । मङ्गलवारबाट गोचर स्थितिमा सुधार आउने छ । व्यवसायिक उन्नति हुनेछ । मानसिक शान्ति एवं शारीरिक स्फुर्ति भने बढ्ने छ । स्वागतसत्कार पनि मिल्ने छ । लगानीको प्रस्ताव आउनसक्ने छ । बिहीवार पछि बोलीव्यवहारमा अल्लि सावधानी अप्नाउनु पर्ला । वाकवृति हुनेहरुले विशेष ख्याल गर्नु पर्ने देखिन्छ । नाता सम्बन्धको विषयमा पनि गुनासो सुन्नपर्ने छ । सामाजिक कार्य तथा परोपकारमा समय दिनपर्ने छ । आफ्नो भन्दा अर्काको काममा समय खर्चिनु पर्ला । शनिवार हिम्मत बढेर आउने छ, समर्थक मिल्नेछ, अड्केर रहेको काम अगाडि बढाउन सकिने छ । यो साता तपाईले भगवान सूर्यनारायण, महावीर हनुमान, गुरुगणपति र भैरवदेवको साथमा माँ बगलामुखीको स्तुति आराधना गर्दै अघि बढ्नु शुभफल बृद्धिदायक हुनेछ ।

कर्कटः
साता आंशिक उपलब्धिमूलक रहनेछ । अल्लि तनाबी पनि रहनसक्ने देखिन्छ । शुरुमा व्यवसायिक लाभ एवम् सफलता मिल्ने छ । उद्योगधन्दा तथा वाणिज्यकर्म फष्टाउने छ । सहयोगी मिल्नेछन् । मंगल र बुधवार खर्चको मात्रा पनि बढेर जाने गोचरयोग परेको छ । घरायसी सरसमान खरिद गर्ने, मान्यजनको दर्शनभेट् आदि जस्ता कार्यमा खर्च गरेर खर्चयोगको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । खर्चको बाबजुत खासै वास्ता नगरेको काम बनेर आर्थिक लाभ पनि हुनेछ । विही र शुक्रवार भने विशेष काम सफलताको मुखमै पूगेर अड्कने देखिन्छ । सामान्यतया वातावरणीय स्थितिमा सुधार आएपनि अपेक्षित उपलब्धि नहुँदा मनमा धेरै रमाइलो नहुन सक्नेछ । चिटीङ्ग गर्ने मान्छेले फसाउन सक्ने छन् ख्याल पुर्याउनु होला । चोटपटकको पनि भय छ । चाप्लुसी पूर्ण सम्मानबाट बच्नुपर्ला । शनिवार सामान्य सुधारको महसूस गर्न सकिने छ । तपाईलाई यो साता गुरु गणपति, भगवान सूर्यनारायण, भगवान लक्ष्मीनारायण र भैरवदेवको उपाशना गर्नु शुभदायक हुनेछ ।

सिंहः
साता सामान्य अनुकूल देखिएको छ । शुरुमा व्यवसायिक तथा पेशागत कर्मक्षेत्रमा सफलता मिल्न खोज्ने र अबरोध सृजना हुनेछ । काम गर्ने हनुमान पगरी कुध्ने ढेँडु भनेजस्तो पर्न पनि सक्नेछ । राजनैतिक तथा सांगठानिक कार्यमा विपक्षिपक्षसँग सम्झौता गरेर मात्रै अघि बढ्नसकिने छ । अपूरो आश्वासन मिलेपनि भरोसा नगरेकै राम्रो हुनेछ । मंगलवारबाट समयमा सुधार देखिन्छ । उद्योगधन्दा आदिबाट लाभमा मिल्ने छ । आँटसाहस एवं साथ सहयोग प्राप्त हुनेछ । आर्थिक उन्नति हुनेछ । बिही र शुक्रवार आकस्मिक रुपमा खर्च बढेपनि आयआम्दानी पनि हुनेछ । वास्ता नगरेको काम बन्नसक्ने छ । शनिवार परिवेशजन्य स्थितिमा सुधार आउने छ । व्यवहारिक लोकलाज ढाक्न सकिएपनि भित्रीरुपमा अपेक्षित कार्य बन्न गाह्रो देखिएको छ । तपाईले यो साता भगवान महावीर हनुमान, गुरुगणपति, भगवान लक्ष्मीनारायण र भैरवदेवको साथमा माँ बगलामुखीको स्तुति आराधाना उपाशना गर्नु शुभप्रद हुनेछ ।

कन्याः
साता अनपेक्षित उपलब्धिमूलक रहेको छ । विभिन्न कठिनाईको बाबजुत पनि केही विशेष कार्य सम्पादन गर्नसकिने छ । स्वास्थ्यमा सुधार आउने छ । केही अपयश एवं दबाबको बाबजुत धैर्यताले सफाइ पाइने छ । धार्मिक एवं सामाजिक कामकार्य सम्पादन गर्नसकिने छ । परोपकार आदि कार्यमा संलग्न भइ पुण्यार्जन गर्नसकिने छ । तरपनि मंगलवारबाट काम कार्यमा आशा गरे अनुसार सफलता पाउन कठिन देखिएको छ । राजनीति, जागिर तथा समाज सेवा आदिमा केही उपलब्धि मिल्ने छ । साताको अन्त्यखण्डमा व्यवसायिक प्रगति हुनेछ र उचित आम्दानी गर्नसकिने छ । साथसहयोग र पेशागत प्रतिष्ठा पनि बढ्ने छ । समर्थक बढ्ने छन् । शनिवार भने गोचरग्रह केही प्रतिकूल रहेकोले सावधानी अप्नाउन पर्ने देखिएको छ । यो साता तपाईले भगवान महावीर हनुमान तथा माँ जगदम्बा महाकाली र भैरवदेवको स्तुति भक्ति उपाशना गर्नु शुभप्रद हुनेछ ।

तुलाः
साता शूरुमा कष्टकर र उत्तरार्ध सफलताप्रद देखिएको छ । आइत र सोमवार संघर्ष एवं स्वास्थ्यमा मन्दताको संभावना देखिएको छ । कार्यक्षेत्रमा पनि संघर्षको महसूसी हुनेछ । खर्च पनि बढेर जानेछ । तनाब र डरले मनमा डेरा जमाउने छ । खानपान एवं आत्मसंयम गर्न जरुरी देखिन्छ । मंगलवारदेखि गोचरग्रहको स्थितिमा सुधार आउने छ । अपयशको बाबजुत भाग्य बृद्धि हुनेछ । अल्पमात्रामा भए पनि काम कार्यमा सफलता र व्यवसायिक उन्नतिको साथमा आर्थिक लाभले सन्तुष्टि मिल्नेछ । बिहीवार पछि मानसम्मान मिल्ने छ, उच्चतहसँग सम्बन्ध वा संपर्क जोडिने छ । मुल्याङ्कन बढ्दै जानेछ । राजनीति, समाजसेवा तथा जागिर आदिमा जिम्मेवारी तथा भूमिका मिल्ने छ । कृषि फार्मिङ्ग, उद्योग धन्दा आदिबाट उचित मुनाफा निकाल्न सकिने छ । समयको सदुपयोग गरी स्वकर्मलाई समय दिएर उपलब्धि लिनु बुद्धिमानी हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायण र गुरुगणपतिको आराधना गर्नु हितप्रद हुनेछ ।

वृश्चिकः
साताको शुरु र अन्तिममा केही उपलब्धि मिल्ने देखिन्छ । शुरुमा व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा आंशिक सफलता पाउन सकिने छ । बढी जोड गरेको काममा भने अड्चन आउने देखिएको छ । दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार आउने छ । लामो तथा छोटो दुरीको यात्रा हुनक्ने छ । मङ्गलवारबाट भने स्वास्थ्यमा मन्दि आउनसक्ने छ । ज्वरो तथा पित्तविकारको संभावना छ । दीर्घरोगीले आहारविहार आदिमा बढी ख्याल पुर्याउनु पर्ने देखिएको छ । गर्न खोजेको कामकार्यमा पनि अबरोध आउने र संघर्षको अनुभूति हुनेछ । बिहीवारबाट स्थिति तसै सहज हुनेछ । केही अपयशको बाबजुत काम कार्य एवं व्यवसायमा सुधार आउने छ । आस्तिक विचार बढ्ने छ । पेशागत क्षेत्रबाट आंशिक लाभ मिल्ने छ । शनिवार प्रतिष्ठा बढ्ने एवं सामाजिक प्रभुत्व स्थापित हुनेछ । यो साता तपाईले भगवान गुरुगणपति, भगवान सूर्यनारायण र महावीर हनुमान एवं भैरवदेवको साथमा माँ बगलामुखीको आराधना उपाशना गर्नाले ग्रहजनित बाधाअड्चनलाई हटाउन तथा शुभफल बढाउन मद्दत हुनेछ ।

धनुः
साता मिश्रित रहेको छ । शुरुका दिनमा शरीरिक आरोग्यता मिल्ने छ । अनुहारमा कान्ति बृद्धि हुनेछ । जोश जाँगर बढेर आउने छ । अल्पमात्रामा भएपनि व्यवसायिक उन्नति एवं लाभ मिल्ने छ । सर्त गरेर विपक्षिसँग सम्झौता गर्न सकिने छ । मंगल र बुधवार रङ्गरास बढ्ने छ । रमाइलो यात्रा हुने संभावना छ । प्रेम तथा दाम्पत्य सम्बन्ध प्रगाढ बन्ने छ । व्यापार व्यवसाय आदि पेशाकर्मबाट लाभ गर्न सकिने छ । बिहीवारबाट भने स्वास्थ्यमा समस्या देखिनसक्ने छ । दीर्घरोगीले बढी सावधान अप्नाउनु उचित हुनेछ भने अन्यले पनि आहार विहार आदिमा ख्याल पुर्याउनु मनासिव हुनेछ । कुनै आकस्मिक लाभ एवं उपलब्धि हुने कुरा पनि गोचरग्रहले देखाइरहेको छ । शनिवार केही सुधार आउने छ । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेव एवं गुरु गणपति र भगवान सूर्यनारायणको साथमा माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ ।

मकरः
साता सामान्य खालको देखिएको छ । शुरका दिनमा आत्मप्रसंशाको चाहनाले अल्लि सताउन सक्ने छ । परपाउनाको स्वागत गर्न पनि पाइने छ । गोपनीयता खुस्कनसक्ने संभावना भएकोले आवश्यक भन्दा बढी चर्चापरिचर्चामा दिल नगरेको राम्रो हुनेछ । शुभ खबर मिलने छ । मंगलवारबाट शारीरिक उमङ्ग बढ्नेछ । अल्लि फुर्तिफार्ति बढी हुने, महत्त्वकांक्षा बढ्ने तर गरिपुर्याउन कठिन हुने भएकोले संयमता अप्नाएको राम्रो हुनेछ । सर्त मानेर विपक्षिसँग सम्झौता गर्नु लाभकर हुनेछ । केही हद्सम्म व्यवसायिक लाभ मिल्नेछ । बिही र शुक्रवार आक्रोशको बाबजुत प्रेम एवं दाम्पत्य सम्बन्धमा प्रगाढता आउने छ । विवाहयोग्य युवायुवतिको विवाहको प्रसङ्ग चल्नसक्ने छ । भ्रमणको पनि संयोग जुट्ने छ । व्यापार व्यवसायबाट लाभ मिल्ने छ । मानसम्मान एवं पदप्रतिष्ठा बढ्नेछ । शनिवार भने स्वास्थ्य बिग्रनसक्ने छ । ख्याल गर्नुहोला । यो साता तपाईले भगवान पवनपुत्र महावीर हनुमान, गुरु गाणपति एवं भगवान श्रीहरि, माँ इन्द्रायणी र भैरवदेवको श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभदायक हुनेछ ।

कुम्भः
साताको मध्य र अन्त्य खण्ड फलदायी रहने देखिएको छ । आइत र सोमवार केही संघर्षप्रद रहनेछ । वादविवादको पनि संभावना भएकोले बढी चर्चापरिचर्चामा मन नदिएकै उचित हुनेछ । मंगलवारबाट स्थितिमा सुधार आउने छ । तथापि आत्मप्रशंसाको आसक्ति बढ्ने छ । संयम गर्नसकेको खण्डमा जनव्यवहारमा प्रभाव बढेर जानेछ । गोपनीयता खुस्कन नदिन संयम अप्नाउनु होला । सामाजिक सम्बन्धको विकास हुनेछ । व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगई लाभ मिल्ने छ । अध्ययन अध्यापन तथा लेखन कर्मीहरुको लागि लाभ एवं सफलताकर उपयुक्त समय रहने छ । व्यवसायिक उन्नति हुनेछ । पौरख बढेर आउने छ । यात्रा योजना तयार हुनेछ । प्रेमक्षेत्रले सार्थकता प्राप्त गर्नेछ । यो साता तपाईले भगवान सूर्यनारायण, भैरवदेव र माँ बगलामुखीको श्रद्धाभक्ति स्तुति गर्नु शुभफलदायक हुनेछ ।

मीनः
साता मध्यम फलप्रद देखिएको छ । केहीहद्सम्म कामकार्यमा कुशलता र पौरख बढ्ने छ । शारीरिक एवं व्यवहारिक पुरुषार्थ गर्नसकिने छ । व्यवसायिक उन्नति हुनेछ । रोकिएर रहेका कामलाई अगाडि बढाउन सकिने छ । तथापि बढी आसक्ति गरेको काममा अबरोध आउने देखिएको छ । मंगलवार पछि अल्लि चनाखो हुने र बुद्धिले कामलिने गर्नुपर्ने समय छ । आलोचनाको सामना गर्न पर्ने सम्भावना पनि देखिन्छ । स्वास्थ्यमा पनि ज्वरो आदि प्रकोपले प्रतिकूलता सृजना हुने भय देखिन्छ । बिहीवार पछि गोचर स्थितिमा केही सुधार आउने देखिएको छ । विद्यार्थी भाइबहिनीलाई ज्ञानविज्ञान तथा अध्ययनमा सफलता प्राप्त हुनेछ । आत्मप्रशंसाको चाहना भने बढेर जाने संभावना छ जसलाई संयम गर्नु बुद्धिमानी हुनेछ । कसैकसैलाई सन्तानको कारण चिन्तित् हुनपर्ने छ । व्यवसायिक उन्नति हुनेछ । शत्रुमुकाविलामा सशक्तता बढ्ने छ । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेव, गुरु गाणपति एवं भगवान सूर्यनारायणको श्रद्धाभक्ति एवं उपाशना आराधना गर्नु शुभदायक हुनेछ ।

पुनश्चः
जन्मकालमा सम्बन्धित ग्रह अनुकूल हुनेहरूलाई राशिफलमा बताइएको शुभफल बढी घट्ने र अशुभफल कम घट्ने हुन्छ । भने जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरूलाई राशिफलमा बताइएको अशुभजन्य फल बढी घट्ने र शुभफल कम घट्ने हुन्छ ।
साथै, विदेशमा हुनेहरूलाई नेपालसँग हुने समयान्तर बमोजिम पश्चिममा भए अघि र पूर्वमा भए पछि फल लाग्ने हुन्छ ।

प्रतिक्रिया